मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक छ ।
पूर्व–पश्चिम राजमार्गको छेउमै रहेको यस क्षेत्रमा स्वदेशी एवम् भारतीय तीर्थयात्रीले पनि दर्शन गर्ने गरेका छन् । हनुमान भक्तहरूले यहाँ हनुमानको पूजा आराधना गर्नुका साथै प्रसादी वितरण गर्ने गरिन्छ ।
मङ्गलबार हनुमान जयन्ती उत्सवका अवसरमा यहाँ पूजापाठसहित प्रवचन एवं प्रसाद वितरण कार्यक्रम गरिएको थियो । रामभक्त हनुमान सेवा समिति हेटौँडा –१० गोरक्षश्वर मन्दिर मकवानपुरले गरेको हनुमान जयन्ती मङ्गलवार परेको र विशेष दिन भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा करिव ६ सय साधु, सन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वलाई प्रसादिको व्यवस्था गरिएको संस्थाका सचिव महेन्द्र इटेनीले जानकारी दिए ।
हेटौँडाको गोरक्षश्वरबाट सुरु भएको रैली पीपलबोटसम्म पुगेर पुनः हनुमान मन्दिर परिसरमा आएर समापन भएको थियो । यस वर्षको हनुमान जयन्ती धेरै वर्षपछि मङ्गलवार परेकाले हेटौँडाको गोरक्षश्वर परिसरमा पहिलो पटक हनुमान जयन्ती उत्सव मनाइएको आयोजक सन्दीप सापकोटाले जानकारी दिए ।
सम्पदा र संस्कृतिको संरक्षण एवम् संवर्धनका लागि आगामी वर्षदेखि नगर चाडको रुपमा रथयात्रासहित हनुमान जयन्ती उत्सव मनाउने तयारी गरिएको उनले बताए । आर्य संस्कृतिमा चैत्र शुक्ल पूर्णिमाको दिन देशभर रामभक्त हनुमानको जन्मजयन्ती मनाइन्छ ।
महावीर हनुमानको जन्म चैत्र शुक्ल पूर्णिमाको दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनाको कोखबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जना श्रापबाट मनुष्य योनिमा जन्म लिएकी थिइन् । वर्षौँसम्म कुनै सन्तान नभई गहिरो चिन्तामा परेकी अञ्जनाले भगवान् शिवको कठोर तपस्या गरी वरदान र पवनदेवको आशीर्वादबाट तेजस्वी र पराक्रमी पुत्र प्राप्त गरेकी थिइन् । मङ्गलबार र शनिबारको दिन हनुमानको स्तोत्रपाठ गर्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: