मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक छ ।
पूर्व–पश्चिम राजमार्गको छेउमै रहेको यस क्षेत्रमा स्वदेशी एवम् भारतीय तीर्थयात्रीले पनि दर्शन गर्ने गरेका छन् । हनुमान भक्तहरूले यहाँ हनुमानको पूजा आराधना गर्नुका साथै प्रसादी वितरण गर्ने गरिन्छ ।
मङ्गलबार हनुमान जयन्ती उत्सवका अवसरमा यहाँ पूजापाठसहित प्रवचन एवं प्रसाद वितरण कार्यक्रम गरिएको थियो । रामभक्त हनुमान सेवा समिति हेटौँडा –१० गोरक्षश्वर मन्दिर मकवानपुरले गरेको हनुमान जयन्ती मङ्गलवार परेको र विशेष दिन भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा करिव ६ सय साधु, सन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वलाई प्रसादिको व्यवस्था गरिएको संस्थाका सचिव महेन्द्र इटेनीले जानकारी दिए ।
हेटौँडाको गोरक्षश्वरबाट सुरु भएको रैली पीपलबोटसम्म पुगेर पुनः हनुमान मन्दिर परिसरमा आएर समापन भएको थियो । यस वर्षको हनुमान जयन्ती धेरै वर्षपछि मङ्गलवार परेकाले हेटौँडाको गोरक्षश्वर परिसरमा पहिलो पटक हनुमान जयन्ती उत्सव मनाइएको आयोजक सन्दीप सापकोटाले जानकारी दिए ।
सम्पदा र संस्कृतिको संरक्षण एवम् संवर्धनका लागि आगामी वर्षदेखि नगर चाडको रुपमा रथयात्रासहित हनुमान जयन्ती उत्सव मनाउने तयारी गरिएको उनले बताए । आर्य संस्कृतिमा चैत्र शुक्ल पूर्णिमाको दिन देशभर रामभक्त हनुमानको जन्मजयन्ती मनाइन्छ ।
महावीर हनुमानको जन्म चैत्र शुक्ल पूर्णिमाको दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनाको कोखबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जना श्रापबाट मनुष्य योनिमा जन्म लिएकी थिइन् । वर्षौँसम्म कुनै सन्तान नभई गहिरो चिन्तामा परेकी अञ्जनाले भगवान् शिवको कठोर तपस्या गरी वरदान र पवनदेवको आशीर्वादबाट तेजस्वी र पराक्रमी पुत्र प्राप्त गरेकी थिइन् । मङ्गलबार र शनिबारको दिन हनुमानको स्तोत्रपाठ गर्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: