Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

राजतन्त्र अन्त्यको खुसीमा हैन विदेशी राजाको स्वागतमा सार्वजनिक विदा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारले मंगलबार देशैभरी सार्वजनिक विदा दिएको छ । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सरकारले देशैभरी सार्वजनिक विदा दिएको हो । कतारी राजा मंगलबार अपरान्ह नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं अवतरण गर्दैछन् ।

तर, सरकारले आजै परेको लोकतन्त्र दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थिएन । लोकतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने कुनै सम्भावना थिएन तर सोही दिन कतारी राजा नेपाल आउने भएपछि सार्वजनिक विदाको घोषणा गरिएको छ ।

अहिले सरकारमा रहेका अधिकांश दल र संसदमा प्रतिनिधित्व गर्ने अधिकांश ठूला दलले लोकतन्त्रलाई देशको सबैभन्दा ठूलो उपलब्धी मान्छन् । २०६२–६३ मा भएको १९ दिने जनआन्दोलन निर्णायक विन्दूमा पुगेको दिनको रुपमा बैशाख ११ मा लोकतन्त्र दिवस मनाउन थालिएको हो । यसैका आधारमा देशमा राजतन्त्रको अन्त्य भएर गणतान्त्रिक व्यवस्था सुरु भएको हो ।

२०६३ को बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘जनताको नासो जनतालाई नै सुम्पिएको’ घोषणा गर्दै विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको घोषणा गरेका थिए । यसरी पुनस्र्थापना भएको प्रतिनिधि सभामा पछि थपिएका माओवादीसहितका सांसदहरुसमेत समावेश भएर पहिलो बैठक बसेपछि सोही बैठकले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्रात्मक व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।

देशमा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको आधार तय गरेको दिन लोकतन्त्र दिवस यस पटक भने विदेशी राजाको भ्रमणका कारण थप ओझेलमा परेको छ । सरकारले लोकतन्त्र दिवसमा विदा दिन यसअघि नै जरुरी ठानेको थिएन । यस वर्ष सरकारले लोकतन्त्र दिवसको शुभकामना दिन पनि जरुरी ठानेको देखिएन ।

राष्ट्रपति, प्रधानमन्त्री र सरकारका उच्च पदस्थ अधिकांश पदाधिकारीले लोकतन्त्र दिवसको शुभकामना दिन जरुरी ठानेका छैनन् । सभामुख देवराज घिमिरेले भने लोकतन्त्र दिवसको लाज राखेका छन् । उनले लोकतन्त्र दिवसको अवसरमा देशवासीलाई शुभकामना दिएका छन् ।

लोकतन्त्र दिवस देशको संविधानले औपचारिक रुपमा स्वामित्व लिएको आन्दोलनको स्मृतिमा मनाउन थालिएको हो । संविधानले २०६२–६३ को आन्दोलनको औपचारिक रुपमा स्वामित्व लिएको छ र यसलाई संविधानमै लिपिबद्ध गरिएको छ । तर, संविधानमा लिपिबद्ध आन्दोलनको स्मृति दिवस सरकारको उपेक्षामा परेको छ ।

बरु अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सरकारले २०७९ सालको फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक विदा दिएको थियो । माओवादी विद्रोहलाई ‘जनयुद्ध’को रुपमा संविधानले स्वामित्व लिर्एको छैन र संविधानमा जनयुद्ध भन्ने शब्द नै छैन । संविधानमै नभएको र आफ्नो पार्टीले मात्र मान्ने दिवसका अवसरमा सार्वजनिक विदा दिएका प्रधानमन्त्रीले संविधानले मानेको र अहिलेको व्यवस्था ल्याउने मुख्य जग लोकतन्त्र दिवसको अवसरमा विदा त परै जाओस् शुभकामना दिन समेत जरुरी ठानेको देखिएन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending