काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी कमाण्डर बनाएर सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पठाएको छ ।
एक सातादेखि उनी इलाममा खटिएर पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा भोट मागिरहेका छन् र भाषण गरिरहेका छन् । उनि आफ्नो पार्टीले यस पटकको चुनावमा नसोचेको भोट ल्याउनेमा बिश्वस्त छन् ।
उस्तै परे राप्रपाले चुनावै जित्न पनि सक्ने उनको महत्वाकांक्षी विश्लेषण छ । यद्यपि, अहिलेकै अवस्थामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै रहेको उनले स्वीकार गरका छन् । राप्रपाले ७ देखि १० हजारको बीचमा भोट ल्याउने आँकलन शाहीले गरेका छन् । भोलि चुलाचुलीमा हुने दुइवटा कार्यक्रम राम्रो भएको खण्डमा राप्रपाले जित्न पनि सक्ने दाबीसमेत उनले गर्न भ्याए ।
रवि लामिछानेको रास्वपाको भने विजोक देखिएको शाही बताउँछन् । त्यसो त केही दिनदेखि ज्ञानेन्द्र शाही रास्वपा र रवि लामिछानेको कटु आलोचक बनिरहेका छन् । आफ्ना हरेक भाषण र अन्तर्वार्तामा उनी रास्वपामाथि खनिन्छन् । भोट माग्ने क्रममा पनि उनले ‘बरु मुढालाई दिनुस्, तर घन्टीलाई नदिनुस् भनेका थिए ।
उनले कस्ता मतदाताले घन्टीलाई भोट हाल्छन् भनेर प्रश्न समेत गरे । उनले राष्ट्रियताको पक्षधर, राजसंस्था र हिन्दू राष्ट्र चाहननेले राप्रपालाई भोट हाल्ने, पहिचानवादीले मुढामा हाल्ने, पहिचानविरोधीले कांग्रेस–एमालेलाई हाल्ने र बाँकी बाहुन क्षेत्री कसैले पनि घन्टीलाई नहाल्ने भनेर भविस्यवाणी समेत गरे । उनले गृहमन्त्रीले राँकेमा भाषण गर्दा २५ जना मात्र आएको र त्यही ठाउँ आफुले बोल्दा एक–डेढ सय मानिस आएको पनि ठोकुवा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: