Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सिलिचुङ चुचुरोमा सुम्निमा-पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

खबरडबली संवाददाता

काठमाडौं । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको छ ।  खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको  हाे।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको आयोजना र साल्पा सिलिछो गाउँपालिकाको संरक्षण तथा सह-आयोजनामा यही २०८० बैशाख ७ गते बिहान ६ः३० बजे  ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा र बिहान करिब ११ बजे नछुङ (धामी) को प्रतिमा अनावरण गरिएको थियो ।

उक्त्त अवसरमा राति २ बजे बेस क्याम्पबाट २ सय जनाभन्दा बढी किराती धर्म, सभ्यता र संस्कृतिमाथि आस्था राख्ने ‘सुम्निमा-पारुहाङका सन्तति र दर्जनभन्दा बढी लेखक पत्रकार सिलिचुङ चुचुरोमा पुगेका थिए ।

किरात समुदायको सांस्कृतिकस्थल मानिने साल्पा सिलिचुङमा देश विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ र नछुङको प्रतिमा निर्माण गरिएको आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

प्रतिमाको अनावरण प्रमुख अतिथि निवर्तमान पर्यटनमन्त्री सुदन किराती र आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राईले गरेका हुन् । ‘साल्पा र सिलिचुङ किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ ।

यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ’, प्रतिमा अनावरण गर्दै भोजपुरका संघीय सांसदसमेत रहेका पूर्व मन्त्री किरातीले भने, ‘किराती धामीले साल्पालाई नाग देवता बस्ने थलो र सिलिचुङलाइ किरातीहरुले सृष्टिसँग जोडिएको ठाउँको रुपमा विश्वास गर्छन् ।’

साल्पा सिलिचुङ किरातीको मुन्दुमी तथा सांस्कृतिक स्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताए । उनले भने, ‘साल्पा सिलिचुङको विकासका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साल्पा सिलिचुङ परिसरमा सुम्निमा-पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, वाबुक (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्वार), माङ्खिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण गरिनेछ ।’

प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख ५ गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए । मुन्दुमविद् तथा धामी-झाँक्रीको टोलीले २०८१ वैशाख ६ र ७ गते वृहत् कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् ।

सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन् ।

कार्यक्रममा साल्पा सिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ, युनाइटेड मंगोल अर्गनाइजेसन अमेरिकाका सल्लाहकार सुरेश चाम्लिङ राई, किरात राई यायोक्खा युके अध्यक्ष योगेश कोयी राई, किरात राई यायोक्खा केन्द्रिय सदस्य किवाङहाङ राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कुलपती नारदमणी हार्ताम्छाली, खोटाङ जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राई तथा संस्कृति विद चतुरभक्त राईले आ–आफ्नो धारणा राखेका थिए ।

के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

साल्पा पोखरी ३४४४ मी. (डा. हर्क गुरुङ) अग्लो ठाउँ, सिलिचोङ (४१५३ मी.) डाँडाको छेउको दक्षिण–पश्चिममा स्थित भएर–पोखरीको छेउको अर्को डाडासँग जोडी बनेको ठाउँ, परापूर्वकालमा जब किराती समुदायहरु वनजंगलमा शिकारी र कन्दमूल खोज्दै घुम्थे, त्यतिबेला आजको जस्तो हवाइजहाज, मोटरबाटो र पुल-पुलेसा नै थिएन, त्यही गौँडा कटेर पूर्व पश्चिम र उत्तर–दक्षिण ओहोरदोहर गर्ने सामरिक महत्वको केन्द्रविन्दु रहेको थियो ।

उक्त कुरा किरात मुन्दुममा माङलुङ र सामेबारे माङ्पाहरु अर्थात् होमे–विजुवाहरुले रिसिया फलाक्दा (पुकार्दा) गरिने पद्यांश पाठबाट पनि बुझ्न सकिन्छ भने त्यस्तै उक्त भौगोलिक सेरोफेरोको ठाउँ/नाउँको आधारमा हेर्दा पनि उक्त तथ्यको पुष्टि गर्न सकिने केही आधार पाइन्छ ।

जस्तो, साम्फेलुङ (साम्पाङ), सावापा (सालपा), लौरेठोक्रे माङ्युङ् (मैँयू), सावा–हे (साउने), सिलिचोङ (च्वहँ), पा–खाम–वा (पखुवा) आदि जस्ता किराती विशेषतः राईहरुको मुन्धुम खुवालुङबाट पुकार्दै लगिने रावा–सावा खोला हुँदै महाकुलुङ (सोलुखुम्बु) तथा यता तल्लो खोला क्षेत्रबाट मैयूँ कटेर, लौरेडाँडामा लौरो बिसाई साल्पापोखरीको पानी खाँदै त्यो गौडा छेउछाउको सिकार, कन्दमुल चहारेर यता अरुण फाँटको ओरालो, सालेवा-दोभाने हुँदै तिङ्ला (दिङ्ला) छेउछाउ मझुवा (मझिया) बन्दै खोरिया फाँडी वस्ती बसालेको कुरा उठ्छ ।

मरेको व्यक्तिको रुङ्री (हंस. आत्मा) लाई चा–वा–लुङ. चोँमो–लुङ (सगरमाथा), फाक्ता .सा)–लुङ (कञ्चनजङ्गा) र तावा (या)–लुङ (अन्नपूर्ण गौरीशंकर) हिमालतिर फर्काउँदा पनि त्यही लाम–तुप्ला (मृत्युलाई बाटो देखाउने) गरिन्छ, जुन हिमालहरुको प्रतीक पनि तीन चुला (सुप्तुलुङ) लाई नै मानिन्छ किरात संस्कृतिमा ।

पहिलेपहिले मानवविकासको पूर्वचरणमा आजको जस्तो टोल–गाउँघरमा खानेपानीको नाला–धारो र खेतीपातीको सुरु थिएन, त्यतिबेला जनसंख्या थोरै र जीवन पनि जंगली जनावरझैँ थियो । बासस्थानको कुरा पनि प्राकृतिक-भौगोलिक अवस्थामा पूर्ण भर पर्नुपर्ने हुँदा मान्छेलाई चाहिने आधारभूत खाद्यवस्तु शिकार (मासु) फलफूल–सागपात (कन्दमुल) साथै पानी–आगोको आवश्यकता पनि त्यहीबाट हुने गर्दथ्यो ।

उक्त कुराको पूर्ति गर्न बासको लागि ओडार, ठूला रुख तथा वनजंगल र खानाको लागि पानीको नदी, नाला, खोला तालतलैया तथा पोखरी, सिमसार जस्ता ठाउँमा सबैभन्दा अनुकूल हुने गरी मानव समुदायले विचरण र जीवन निर्वाह गर्दथे । त्यस्तै आगोको लागि सीँ (यूँ–पत्थर) र हतियारको लागि बज्रढुंगा र भालाको जगेडा पनि गर्ने गर्दथ्यो । यही सन्दर्भले नै यो सिलिचुङ डाँडा र साल्पा पोखरीको इतिहास पूर्व किरात संस्कृतिमा विशेष महत्व छ ।

साल्पा–सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान उपसमिति गठन र अनुसन्धानात्मक कृति प्रकाशनकाे सुरूवात गरिएकाे छ। यसअघि साल्पा–सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान समितिसमेत गठन गरिएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु चन्द्र हतुवाली, भोगिराज चाम्लिङ, सालिक शतासक राई र डा. तारामणि राई उक्त अनुसन्धान समितिमा रहेका छन्।

साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान उपसमितिले यही २०८१  बैशाख १४ गते साल्पा सिलिचुङबारे अनुसन्धानात्मक कृति ‘साल्पा सिलिचुङ सिलिछो मुन्दुमी मिथक र विश्वास’को विमोचन गरिने कार्यक्रम समेत तय भएको छ ।

उपसमितिले प्रकाशन गरेको उक्त्त अनुसन्धानात्मक कृतिमा संयोजकः नारादमणी हार्ताम्छाली, सदस्य सचिवः शालिक सताषक राई, सदश्यहरु क्रमशः डा तारामणी राई, भोगीराज चाम्लिङ, चन्द्र हतुवाली, चतुरभक्त राई, कमलजंग राई, अजय अलाङ्कार कुलुङ, भद्रगोल किराती, प्रविण पुमा लगायतका लेखखका लेख रचना समेटिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending