Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

सिलिचुङ चुचुरोमा सुम्निमा-पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

खबरडबली संवाददाता

काठमाडौं । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको छ ।  खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको  हाे।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको आयोजना र साल्पा सिलिछो गाउँपालिकाको संरक्षण तथा सह-आयोजनामा यही २०८० बैशाख ७ गते बिहान ६ः३० बजे  ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा र बिहान करिब ११ बजे नछुङ (धामी) को प्रतिमा अनावरण गरिएको थियो ।

उक्त्त अवसरमा राति २ बजे बेस क्याम्पबाट २ सय जनाभन्दा बढी किराती धर्म, सभ्यता र संस्कृतिमाथि आस्था राख्ने ‘सुम्निमा-पारुहाङका सन्तति र दर्जनभन्दा बढी लेखक पत्रकार सिलिचुङ चुचुरोमा पुगेका थिए ।

किरात समुदायको सांस्कृतिकस्थल मानिने साल्पा सिलिचुङमा देश विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ र नछुङको प्रतिमा निर्माण गरिएको आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

प्रतिमाको अनावरण प्रमुख अतिथि निवर्तमान पर्यटनमन्त्री सुदन किराती र आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राईले गरेका हुन् । ‘साल्पा र सिलिचुङ किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ ।

यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ’, प्रतिमा अनावरण गर्दै भोजपुरका संघीय सांसदसमेत रहेका पूर्व मन्त्री किरातीले भने, ‘किराती धामीले साल्पालाई नाग देवता बस्ने थलो र सिलिचुङलाइ किरातीहरुले सृष्टिसँग जोडिएको ठाउँको रुपमा विश्वास गर्छन् ।’

साल्पा सिलिचुङ किरातीको मुन्दुमी तथा सांस्कृतिक स्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताए । उनले भने, ‘साल्पा सिलिचुङको विकासका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साल्पा सिलिचुङ परिसरमा सुम्निमा-पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, वाबुक (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्वार), माङ्खिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण गरिनेछ ।’

प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख ५ गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए । मुन्दुमविद् तथा धामी-झाँक्रीको टोलीले २०८१ वैशाख ६ र ७ गते वृहत् कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् ।

सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन् ।

कार्यक्रममा साल्पा सिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ, युनाइटेड मंगोल अर्गनाइजेसन अमेरिकाका सल्लाहकार सुरेश चाम्लिङ राई, किरात राई यायोक्खा युके अध्यक्ष योगेश कोयी राई, किरात राई यायोक्खा केन्द्रिय सदस्य किवाङहाङ राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कुलपती नारदमणी हार्ताम्छाली, खोटाङ जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राई तथा संस्कृति विद चतुरभक्त राईले आ–आफ्नो धारणा राखेका थिए ।

के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

साल्पा पोखरी ३४४४ मी. (डा. हर्क गुरुङ) अग्लो ठाउँ, सिलिचोङ (४१५३ मी.) डाँडाको छेउको दक्षिण–पश्चिममा स्थित भएर–पोखरीको छेउको अर्को डाडासँग जोडी बनेको ठाउँ, परापूर्वकालमा जब किराती समुदायहरु वनजंगलमा शिकारी र कन्दमूल खोज्दै घुम्थे, त्यतिबेला आजको जस्तो हवाइजहाज, मोटरबाटो र पुल-पुलेसा नै थिएन, त्यही गौँडा कटेर पूर्व पश्चिम र उत्तर–दक्षिण ओहोरदोहर गर्ने सामरिक महत्वको केन्द्रविन्दु रहेको थियो ।

उक्त कुरा किरात मुन्दुममा माङलुङ र सामेबारे माङ्पाहरु अर्थात् होमे–विजुवाहरुले रिसिया फलाक्दा (पुकार्दा) गरिने पद्यांश पाठबाट पनि बुझ्न सकिन्छ भने त्यस्तै उक्त भौगोलिक सेरोफेरोको ठाउँ/नाउँको आधारमा हेर्दा पनि उक्त तथ्यको पुष्टि गर्न सकिने केही आधार पाइन्छ ।

जस्तो, साम्फेलुङ (साम्पाङ), सावापा (सालपा), लौरेठोक्रे माङ्युङ् (मैँयू), सावा–हे (साउने), सिलिचोङ (च्वहँ), पा–खाम–वा (पखुवा) आदि जस्ता किराती विशेषतः राईहरुको मुन्धुम खुवालुङबाट पुकार्दै लगिने रावा–सावा खोला हुँदै महाकुलुङ (सोलुखुम्बु) तथा यता तल्लो खोला क्षेत्रबाट मैयूँ कटेर, लौरेडाँडामा लौरो बिसाई साल्पापोखरीको पानी खाँदै त्यो गौडा छेउछाउको सिकार, कन्दमुल चहारेर यता अरुण फाँटको ओरालो, सालेवा-दोभाने हुँदै तिङ्ला (दिङ्ला) छेउछाउ मझुवा (मझिया) बन्दै खोरिया फाँडी वस्ती बसालेको कुरा उठ्छ ।

मरेको व्यक्तिको रुङ्री (हंस. आत्मा) लाई चा–वा–लुङ. चोँमो–लुङ (सगरमाथा), फाक्ता .सा)–लुङ (कञ्चनजङ्गा) र तावा (या)–लुङ (अन्नपूर्ण गौरीशंकर) हिमालतिर फर्काउँदा पनि त्यही लाम–तुप्ला (मृत्युलाई बाटो देखाउने) गरिन्छ, जुन हिमालहरुको प्रतीक पनि तीन चुला (सुप्तुलुङ) लाई नै मानिन्छ किरात संस्कृतिमा ।

पहिलेपहिले मानवविकासको पूर्वचरणमा आजको जस्तो टोल–गाउँघरमा खानेपानीको नाला–धारो र खेतीपातीको सुरु थिएन, त्यतिबेला जनसंख्या थोरै र जीवन पनि जंगली जनावरझैँ थियो । बासस्थानको कुरा पनि प्राकृतिक-भौगोलिक अवस्थामा पूर्ण भर पर्नुपर्ने हुँदा मान्छेलाई चाहिने आधारभूत खाद्यवस्तु शिकार (मासु) फलफूल–सागपात (कन्दमुल) साथै पानी–आगोको आवश्यकता पनि त्यहीबाट हुने गर्दथ्यो ।

उक्त कुराको पूर्ति गर्न बासको लागि ओडार, ठूला रुख तथा वनजंगल र खानाको लागि पानीको नदी, नाला, खोला तालतलैया तथा पोखरी, सिमसार जस्ता ठाउँमा सबैभन्दा अनुकूल हुने गरी मानव समुदायले विचरण र जीवन निर्वाह गर्दथे । त्यस्तै आगोको लागि सीँ (यूँ–पत्थर) र हतियारको लागि बज्रढुंगा र भालाको जगेडा पनि गर्ने गर्दथ्यो । यही सन्दर्भले नै यो सिलिचुङ डाँडा र साल्पा पोखरीको इतिहास पूर्व किरात संस्कृतिमा विशेष महत्व छ ।

साल्पा–सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान उपसमिति गठन र अनुसन्धानात्मक कृति प्रकाशनकाे सुरूवात गरिएकाे छ। यसअघि साल्पा–सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान समितिसमेत गठन गरिएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु चन्द्र हतुवाली, भोगिराज चाम्लिङ, सालिक शतासक राई र डा. तारामणि राई उक्त अनुसन्धान समितिमा रहेका छन्।

साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान उपसमितिले यही २०८१  बैशाख १४ गते साल्पा सिलिचुङबारे अनुसन्धानात्मक कृति ‘साल्पा सिलिचुङ सिलिछो मुन्दुमी मिथक र विश्वास’को विमोचन गरिने कार्यक्रम समेत तय भएको छ ।

उपसमितिले प्रकाशन गरेको उक्त्त अनुसन्धानात्मक कृतिमा संयोजकः नारादमणी हार्ताम्छाली, सदस्य सचिवः शालिक सताषक राई, सदश्यहरु क्रमशः डा तारामणी राई, भोगीराज चाम्लिङ, चन्द्र हतुवाली, चतुरभक्त राई, कमलजंग राई, अजय अलाङ्कार कुलुङ, भद्रगोल किराती, प्रविण पुमा लगायतका लेखखका लेख रचना समेटिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending