Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सशस्त्र प्रहरी बलद्वारा सीमामा २४ सै घण्टा पैदल गस्ती

खबरडबली संवाददाता

कैलाली । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले एक हप्ताका लागि २४ सै घण्टा पैदल गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीका प्रहरी निरीक्षक पुष्करबहादुर बमको नेतृत्वमा रहेको ३५ जनाको सशस्त्र प्रहरीको टोलीले शनिबारदेखि पैदल गस्ती सुरु गरेको हो । जिल्लाको पश्चिमी त्रिनगर सीमा नाकाबाट सुरु गरिएको पैदल सीमा गस्ती जिल्लाको पूर्वक्षेत्रको श्रीलङ्का टापूको सीमासम्म पुगेर यही वैशाख १४ गतेसम्म पूरा हुने जनाइएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले गस्ती टोलीले सीमामा हुने सबै खालका आपराधिक एवं अवाञ्छित गतिविधि रोकथामको पहल गर्ने, मिचिएको सीमा र सीमा स्तम्भको वस्तुस्थिति अध्ययन गर्नेलगायत काम गर्ने जानकारी दिए ।  

“टोलीले सीमा क्षेत्रका वडाका जनप्रतिनिधि र स्थानीय नागरिकसँग पनि सीमाका समस्यालगायत विषयमा छलफल गरेर समस्या समाधानको पहिचान गर्नेछ”, पाण्डेले भने, “आवश्यकताअनुसार सीमापारीको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग पनि समन्वय गरेर संयुक्त सीमा गस्ती गर्न सक्नेछ ।”

यस क्रममा गस्ती टोलीले सीमामा बस्ने नागरिकलाई भूकम्प, बाढी, डुबान, नदी कटान आगलागी जस्ता विपत् व्यवस्थापनका घटना न्यूनीकरण गर्न अपनाउन सकिने उपायका बारेमा पनि चेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागको सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र २०८० बमोजिम कैलालीमा सीमामा पैदल गस्ती सुरु गरिएको जनाइएको छ । कैलालीको पश्चिम त्रिनगरदेखि पूर्वी क्षेत्र श्रीलङ्का टापूसम्मको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्र एक सय एक किमी दूरीको छ । सशस्त्र प्रहरीले यस वाहेक आवश्यकताअनुसार सीमा क्षेत्रमा नियमित गस्ती पनि गर्दै आएको छ । 

सीमापारी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रत्येक पाँच किलोमिटरको दूरीमा आफ्ना सीमा सुरक्षा पोष्ट स्थापना गरेको छ । नेपालतर्फका सीमा क्षेत्रमा भने आवश्यक स्रोतसाधन र जनशक्तिको अभाव जस्ता समस्याका कारण सशस्त्र प्रहरी बलका एसएसबीले स्थापना गरेका सीमा सुरक्षा कार्यालयको सङ्ख्याको तुलनामा कम सीमा सुरक्षा कार्यालय सञ्चालनमा छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: