काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले २०८१ साललाई पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान वर्षका रुपमा मनाउने पस्ताव पारित गरेको हो ।
ललितपुरको गोदावारीस्थित सनराइजहलमा सम्पन्न भएको बैठकले यस वर्षलाई पार्टीले सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले हिजो प्रस्तुत गरिएका प्रतिवेदनहरुमाथि आज छवटा समूहमा छलफल गरेर निष्कर्ष निकाल्दै टोली नेताहरुले प्रस्तुतीकरण गरेको सुनाए । टोली नेताले दिएको सुझावलाई समेट्ने गरी ती प्रतिवेदनलाई पारित गरिएको उनले बताए ।
उनका अनुसार समूह नं १ बाट केन्द्रीय सदस्य मोहनमाया ढकाल, समूह नं २ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसी, समूह नं ३ बाट पोलिटब्यूरो सदस्य ठाकुर गैरे, समूह नं ४ बाट केन्द्रीय सदस्य शान्ति पाख्रिन, समूह नं ५ बाट केन्द्रीय सदस्य ऋषिकेश पोखरेल र समूह नं ६ बाट सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले समूहगत रुपमा आएका निष्कर्षलाई प्रस्तुतीकरण गरेका थिए ।
समूह नं १ का टोली नेता ढकालले आधारभूत वर्गका पार्टी सदस्यता शुल्क घटाउनुपर्ने, निर्वाचन प्रणालीको सुधार गर्नुपर्ने, समूह नं २ का टोलीनेता जैसीले पार्टीमा प्यानलगत र गुटबन्दी गर्न नहुने तथा पार्टीका अधिवेशनका लागि चयन हुने प्रतिनिधि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने सुझाव दिए ।
समूह नंं. ५ का टोलीनेता पोखरेलले पार्टीका सबै नेता तथा कार्यकर्ताको आयव्यय सार्वजनिक गर्नुपर्ने तथा मितव्ययी बन्नुपर्ने सुझाव दिनुभयो । शनिबार केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको थियो । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी, बैठकमा उपमहासचिव विष्णु रिमालले १३ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गरिएको सभाहलमा प्रस्तुत गर्नुभएको एमालेका प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । हिजोदेखि सुरु भएको बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: