Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

टमाटरको ससको बारेमा नराम्रो कुरा गर्दा गर्भवती महिला पक्राउ, लामो जेल सजाय हुन सक्ने

खबरडबली संवाददाता

काठमाडौं । एक गर्भवती महिलाले सामाजिक सञ्जालमा टमाटरको ससको बारेमा नराम्रो कुरा लेख्दा उनी पक्राउ परेकी छिन् । टमाटरको सस बनाउने कम्पनी एरिस्को फुड्सले उनीमाथि मुद्दा हालेको छ ।

कम्पनीले ३९ वर्षीया चिओमा ओकोलीमाथि कम्पनीको ब्राण्डको छविलाई बिगारेको आरोप लगाएको छ । महिलाले यो टमाटर सस हदभन्दा धेरै गुलियो छ भनेकी थिइन् । सामाजिक सञ्जालमा महिलाको टिप्पणीपछि अहिले नाइजेरियाको लागोसमा सिभिल अदालतमा मुद्दा चलिरहेको छ ।

टमाटर ससको खुला क्यानको तस्बिर फेसबुकमा सेयर गरेपछि उनले यसको बारेमा नराम्रो प्रतिक्रिया दिएकी थिइन् । उनले आफ्ना १८ हजार सामाजिक संजाल फलोअरहरूलाई उक्त ब्रान्डको टमाटर ससको बारेमा आफ्नो विचार साझा गर्न पनि आग्रह गरेकी थिइन् ।

गर्भवती ओकोलीलाई प्रहरीले एउटा चर्चबाट पक्राउ गरेको थियो । उनले सीएनएनलाई बताएअनुसार उनी घण्टौंसम्म चुहिएको छाना भएको भिजेको कक्षमा उभिरहेकी थिइन्।

उनले भनिन्- ‘जेलमा सिट थिएन, त्यसैले भोलिपल्टसम्म उभिएँ। मेरा खुट्टा पानीमा थिए । कहिलेकाहीँ, म मेरो खुट्टामा दबाब कम गर्न स्क्वाट स्थितिमा बसें। म गर्भवती छु र घरमा रहेका मेरा छोराछोरीहरूको बारेमा सोच्दै थिएँ।’

ओकोलीलाई एरिस्को फूड्स लिमिटेड विरुद्ध सार्वजनिक आक्रोश भड्काउने उद्देश्यले षड्यन्त्र सहित दुई अलग-अलग अपराधको आरोप लगाइएको थियो। सबैभन्दा गम्भीर आरोपमा उनलाई सात वर्षसम्म जेल सजाय हुन सक्छ।

उनीमाथि एरिस्को फुड्स लिमिटेडको बारेमा गलत सूचना फैलाएर ग्राहकलाई उक्साएको आरोप पनि लागेको छ । यसका लागि उनलाई तीन वर्षसम्मको जेल सजाय र ७० लाख नाइरा (८ लाख रूपैयाँ) जरिवाना हुन सक्छ।

एरिस्कोले उनीविरुद्ध नागरिक मुद्दा पनि लगाएको छ । कम्पनीले भनेको छ, ‘धेरै आपूर्तिकर्ताहरूले उनको टिप्पणी पछि कम्पनीसँग सम्बन्ध तोडेका छन् र अब पाँच अर्ब नायरा (५७ करिड रूपैयाँ) क्षतिपूर्तिको माग गरिरहेका छन्।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending