Ntc summer Offer
Khabar Dabali ११ जेष्ठ २०८१ शुक्रबार | 24th May, 2024 Fri
NIMB

अमेरिकाको तल्लो सदनमा युक्रेनलाई ६१ अर्ब डलरको राहत प्याकेज पारित

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । 

युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ ।

कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो । सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन् ।  

यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन् । विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ । 

यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ । गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्तापक्ष सांसदले प्रधानमन्त्रीलाई हटाउन खोजेपछि बेलायतमा संसद विघटन

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद विघटन गरेको छन्।  प्रधानमन्त्री सुनकले संसद विघटन गरेर  जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका हुन्।...

नेपालगञ्ज-गुलरिया सडकको काम धमाधम हुँदै, ६५ प्रतिशत सकियो

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालो...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

नेपाल, भारत र श्रीलङ्का त्रिदेशीय मोटरसाइकल यात्रा प्रारम्भ गर्ने

ओलीको प्रश्न- मिडिया सञ्चालक फौजदारी मुद्दामा पक्राउ पर्दा लोकतन्त्र कसरी खतरामा पर्छ ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको बिषयमा अनावश्यक हल्ला गर्न आवश्यक नभएको टिप्प...

जेठ १५ मा कसरी आउला बजेट ? सरकारको आयुसँग जोडियो

काठमाडौं । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था भए तापनि त्यसका लागि एक साताभन्दा कम समय हुँदा समेत संसद्‌मा अनिश्चितता देखिन्छ। सहकारी ठगी प्...

सन्दिपलाई अमेरिकाले भिसा नदिएपछि के गर्दैछ क्यान ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा दिएन।  एक किशोरीसँग जबरजस्ती करणी गरेको मु...

भारतसँगका सीमा नाका आजदेखि बन्द

वीरगञ्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन...

कोशी र मधेशमा भारी वर्षा हुने, अन्य प्रदेशमा के होला ?

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि...

दस महिनामा साढे पच्चिस अर्बको रासायनिक मल आयात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको स...

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै, कांग्रेसको अडान कायमै

काठमाडौं । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बिहीबार बस्दैछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies