Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

देश र जनताको हितलाई सर्वोपरि राख्नुपर्छः अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गर्ने भूमिका निर्णायक भएको बताएका छन्  । कोशी प्रदेश  सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष  नेपालले यस्तो बताएका हुन् । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीले संविधानको रक्षा गर्दै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गरेकाले भूमिका निर्णायक बन्दै गएको बताए । कुनै पनि दलले एकीकृत समाजवादीलाई सानो दल वा कमजोर आकलन नगर्न चेतावनी दिँदै त्यस्तो भुल कसैले गरेमा सह्य नहुने प्रष्ट परे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीले देश र जनताको हितलाई सर्वोपरी राखेको बताए । उनले अहिलेको राजनीतिमा उथुलपुथल पार्ने क्षमता एकीकृत समाजवादी पार्टीसँग भएको उल्लेख गर्दै आफ्नो पार्टी कम्युनिष्ट आदर्श तथा मूल्य–मान्यताअनुसार अगाडि बढेको बताए । उनले भने, “हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ, हामी स्वाभिमानी छौँ ।”

उनले सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको भन्दै बागमती, मधेससहितका प्रदेशमा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रष्ट पारे ।

उनले लोकतान्त्रिक आचरण बोकेका सबै दलसँग समन्वय र सहकार्यको खाँचो औँल्याए । व्यक्तिवाद हाबी भएका कम्युनिष्ट पार्टीसँग कार्यगत एकता नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending