बागलुङ । यस वर्षको चैतेदसैँं मेलामा रु १० करोडको कारोबार भएको छ । तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैतेदसैँं मेलाले बागलुङमा निरन्तरता पाएको छ । कालिका मन्दिर परिसरमा चैत ३० गतेदेखि लागेको चैतेदसैँ मेला बिहीबार सकिएको थियो ।
मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादललगायतको स्टल राखिएको थियो । एक सय ५० वटा स्टलमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र खेलौनालगायतका सामग्रीको कारोबार भएको थियो । बागलुङको पर्यटन व्यवसाय समेत मेलाले चलायमान बनाउँदै आएको छ ।
बागलुङ कालिका भगवती गुठीद्वारा आयोजित मेलामा स्थानीय र आयातित उत्पादनको खरिद बिक्री भएको थियो । पाँच लाखभन्दा बढीले मेलाको अवलोकन गरेको अनुमान बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको छ ।
ुतीन सय वर्ष पुरानो मेलाको रुपमा रहेको चैतेदसैँं मेलामालाई संरक्षणसँगै निरन्तरता दिइएको छ, मेलामा राम्रो आर्थिक कारोबार भएको छ, स्टलमा खरिद गर्नेको भीड लागेको थियो,ु बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका कुमार अध्यक्ष खड्काले भने, ुमेलालाई नाफा घाटाका रूपमा नलिई चैतेदसैँं मेला संरक्षणका काम गर्दै आएका छौँ, मेला सञ्चालनमा लागि कालिका गुठीले व्यवस्थापनमा रु ५५ लाख खर्च गरेको छ ।ु
कालिका मन्दिरले प्रत्येक वर्ष रु १० लाख चैतेदसैँं मेला सञ्चालनका लागि दिने गरेको छ । अन्य खर्च प्रायोजक, स्टलबाट उठाएर मेला सञ्चालन गरिँदै आएको छ ।
मेलाका अवसरमा कालिका कप खुला राष्ट्रिय भलिबल प्रतियोगिता, खुला लोकदोहोरी प्रतियोगिता, छेलो, विद्यालयस्तरीय नृत्य, कालिका मन्दिर परिसरबाट शालग्राम सङ्ग्राहलयसम्म दौडलगायतका प्रतियोगिता सम्पन्न गरिएको छ । चैतेदसैँं मेलामा नेपालका विभिन्न जिल्ला चितवन, काठमाडौँसहित भारतीय धार्मिक पर्यटकसमेत आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...



प्रतिकृया लेख्नुहोस्: