Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल

खबरडबली संवाददाता

राैतहट। नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।

आफु देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफु र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेश कै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले आफुहरुको आफनै स्वाभिमान, पहिचान, मुल्यमान्याता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।

वर्तमान चार दलिय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझयो भने ठिक छ नत्र सबै उलटिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफना पार्टीका चार जना प्रदेश सांसद छन र ति चारै जना सरकार निर्माणका लागि निर्णायक छन, हाम्रा प्रदेश सांसदहरु जता जान्छन उतै सरकार बन्छ, अनि सरकार छाडयो भने ढल्छ, ।’ रौतहटमा विगतमा आफुले शिलान्यास गरेका सबै योजनाहरुको काम चाडै द्रुत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाएका छन् ।

आफु प्रधानमन्त्री भएको बेला रौतहटमा ठुलठुला विकास निर्माणका कामहरु गरेको चर्चा गर्दै नेता नेपालले आफुले शिलान्यास गरी अधुरो रहेका बडहर्वा पुल, टिकुलियाघाटको पुल देखी लिएर अलपत्र अवस्थामा रहेको सबै योजनाका कामहरु चाडै अगाडि बढाउने प्रक्रियामा लागि परेको बताए । ४२ किलोमिटरको गौर–चन्द्रनिगाहपुर सडक खण्डलाई ४ लेनको बनाउने योजना आफुले नै ल्याएको र अहिले उक्त सडकलाई ४ लेन बनाउने काम द्रुत गतिमा अगाडि बढेको उनले बताए ।

चपुर–गौर सडकलाई चारलेन बनाउन ३ अर्बको ठेक्का लागिसकेको बताउँदै नेता नेपालले अबको केहि वर्ष भित्र मै चपुर–गौर सडक ४ लेनको बाटो हुने बताए । त्यस्तै हुलाकी राजमार्गसँग जोडिएको बडहर्वाघाटको बागमति नदिको पुल निर्माण गर्न अति आवश्यक रहेकोले अलपत्र अवस्थामा रहेको सो पुल चाडै निर्माण गर्नका लागि आफु कुनै कसर बाँकी नराखेको उनले बताए ।

गौर नगरपालिकाका मेयर शम्भु साहको अथक प्रयास र सहयोगमा वडा नं २ महादेवपट्टि स्थित लालबकैया नदिमा करोडौंको लागतमा निर्माण भएको झोलुङ्गे पुलको शुक्रवार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका हुन । नेता नेपालले उद्घाटन गरेसंगै मधेश प्रदेशकै सबभन्दा दोश्रो ठुलो पुलको रुपमा रहेको उक्त झोलुङ्गे पुल शुक्रवारदेखी औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सो पुलबाट गौर, इशनाथ लगाएत पालिकाका हजारौ व्यक्तिहरु लाभान्वित हुने भएका छन् ।  उद्घाटन कार्यक्रममा नेकपा एसका नेता एवं पूर्व मन्त्री डाक्टर वंशीधर मिश्रा, विकास समितिका सभापति कल्याणी खड्का, नेता रेवन्त झा, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, गौर नगर प्रमुख शम्भु साह लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending