Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

२१ जना छानिए छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फाईनलमा

खबरडबली संवाददाता

काठमाडौं । बिगत ६ वर्षदेखि आयोजना हुँदै आएको ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फाईनलका लागि २१ जना प्रतियोगीहरु चयन भएका छन् । गत साता सम्पन्न पहिलो अडिसनबाट १३ जना चयन भएका थिए भने बुधबारसम्पन्न दोश्रो अडिसनबाट पुन ८ जना चयन भएका छन् ।

रोज ब्युटी एकेडेमी रविभवनमा नेपाल नेशलन हस्पिटलका अध्यक्ष डा. प्रकाश पौडेलका प्रमुख आतिथ्यतामा दोश्रो अडिसन सम्पन्न भएको हो । दोश्रो अडिसनबाट पाल्पाकी लक्ष्मी पौडेल, काठमाडौंका जेस्मी श्रेष्ठ, सविना शाही, अम्बिका खत्री, हिसिला महर्जन, ललितपुरका सविना महर्जन, चिनु कुँवर बस्नेत, सञ्जु तामाङ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ सिजन ६ को लागिथ चयन भएका हुन् ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को सँयुक्त रुपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा यस अघि १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठरहेका थिए ।

रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितको अध्यक्षतामा सम्पन्न दोश्रो अडिसनमा बोल्दै डा. प्रकाश पौडेलले ब्युटिसियन आफैंमा सौन्दर्यको चिकित्सक हुने भने । नयाँ प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनले यो प्रतियोगिताले ब्युटिसियनहरुलाई सेलिब्रेटीको रुपमा स्थापित गर्दै आएको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ट ब्युटिसिनय सोनी कारँजितले व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् ।

छैटौं सिजनको यो दोश्रो अडिसनको निर्णायकहरुमा ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ३ की बिजेता लिना डँगोल, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजित, लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी सर्कलकी अध्यक्ष सुनकुमारी श्रेष्ठ, ब्युटिसियन सकुन्तला अवाले रहेका थिए । यो प्रतियोगिताको अफिसियल कोरियोग्राफरमा जयन सुब्बा मानन्धर रहेकी छिन् ।

यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २५ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगिताले व्युटिसियनहरुलाई आफ्नो पार्लरबाट बाहिर आएर आफ्नो पेशामा नेतृत्व गर्ने क्षमता बढाउनुका साथै सेलिब्रेटी व्युटिसियनको रुपमा उनीहरुलाई स्थापित गर्दै आएको यसका अर्का आयोजक डब्बु क्षत्रीले बताएका छन् ।

यो प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि.बि. ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ ।

यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ । यस्तै उनीहरुको विशेष फोटो शेसन र भिडियो सेसन पनि हुने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending