काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उहाँले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग धन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताए।
मन्त्री भण्डारीले भने, ‘सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ, यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ। यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका अझ महत्वपूर्ण हुने मैले विश्वास लिएको छु।’
उनले विश्वमा कतिपय सफल मानिएका व्यवसाय गलत लेखांकन र लेखाका सर्वमान्य सिद्धान्तको प्रयोग नगरिनाले सदाका लागि व्यवसाय बन्द गर्नुपरेको उदाहरण दिँदै गलत लेखांकनले देशको अर्थतन्त्रलाई प्रत्यक्ष नकारात्मक असर पर्ने उल्लेख गरे।
आर्थिक क्षेत्रको विकास विना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘आर्थिक क्षेत्रको विकासमा लेखा व्यवसायीको अहम् एवं प्रत्यक्ष भूमिका रहने कुरा सर्वविदितै छ, लेखा राख्नु नियमित काम भए पनि त्यसको विश्वसनीयता र पारदर्शिता समग्र आर्थिक विकासका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: