Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

परिवार दलका अध्यक्ष ढकालले मागे इलाम पुगेर सुहाङ नेम्वाङलाइ भोट

खबरडबली संवाददाता

इलाम ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सगै इलाम पुगेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले इलाम २ मा सुहाङ नेम्वाङलाइ जिताउन भोट मागेका छन् ।  इलामको चुनाबी सभामा बोल्दै नेता ढकालले  स्वर्गीय नेता सुबास चन्द्र नेम्वाङको विरासतको सहि प्रतिनिधित्व सुहाङ नेम्वाङलेनै गर्ने बताउँदै उनलाई मत मागेका हुन् ।

ढकालले सुहाङको  उम्मेदवारीले युवा, परिबर्तन, पहिचान र बिरासत सबैको प्रतिनिधित्व गर्ने बताए।  स्वर्गीय नेता सुवास चन्द्र नेम्वाङ्गले शुरु गरेका अधुरा काम सम्पन्न गर्न  तथा इलाममा बसोबास गर्ने किरात, बुद्धिस्ट, हिन्दु र इसाई  लगाएतका सबै धर्मालम्बी र संस्कृतिको संरक्षण तथा सामाजिक सदभाबको लागि सुहाङ नेम्वाङलाइ जिताउनु पर्ने ढकालले बताए।  

एमालेका उम्मेदवारलाई सो निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा माओवादी, नेपाल परिवार दल लगाएतले समर्थन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखदः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिस...

श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसर...

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपाल...

रसुवामा सम्बन्धविच्छेद घटना बढे, नौ महिनामा ८१ वटा मुद्दा

रसुवा ।  गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा  रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्...

पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

काठमाडाैं । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्ना...

गोदावरीको जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका पहरीको पनि मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ । आगो निभाउ...

मन्दीकाे वाहनामा जोखिममा जीउदै श्रमिकहरु

काठमाडाैं । पछिल्लाे समय आर्थिक मन्दीकाे बाहनामा सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । दैनिक ज्यालादारीमा कामगर्ने...

श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन

काठमाडौं  । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक...

इलाममा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु

इलाम  । मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्...

इलामले नेपालको राजनीतिमा कांग्रेस र एमालेनै मेनस्ट्रिमका पार्टी हुन् भन्ने प्रमाणित गरेको छः रामहरि खतिवडा

उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सम्म ठिक हुन्छन्

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies