काभ्रे । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ ।
पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ ।
हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आवमा रु दुई करोड विनियोजन गरेको थियो ।
उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।
तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेको बताए । अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुङ्गालाई सहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ ।
उनले तालढुङ्गालाई कुन ‘मोडल’मा सहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको बताए ।
बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गालाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ ।
बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणको योजना बनेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा सहर जोडिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८१ - ०९:५२
पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...
बैशाख १८ गते, २०८१ - ०८:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्। इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...
बैशाख १८ गते, २०८१ - ०७:५४
तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ । प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...
बैशाख १८ गते, २०८१ - ०७:४७
वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...
बैशाख १८ गते, २०८१ - ०७:४३
इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...
बैशाख १८ गते, २०८१ - ०७:३८
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...
बैशाख १८ गते, २०८१ - ०७:३५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...
बैशाख १८ गते, २०८१ - ०७:२८
काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए। इलाम नेकपा ए...
बैशाख १८ गते, २०८१ - ०६:५९
काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...
बैशाख १८ गते, २०८१ - ०६:४७
इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ। उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...
प्रतिकृया लेख्नुहोस्: