काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि अनुसन्धान नगर्ने भएको छ ।
प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेको भन्दै पछि खुलेका बेला अनुसन्धान अघि बढाउने गरी जाहेरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय भइसकेको छ । ‘प्रथम दृष्टिमा जाहेरीमा भनिएजस्तो देखिएन भन्ने प्रहरीको भनाइ रहेको स्रोतले बतायो । अनुसन्धान अधिकृतको सिफारिस अनुसारको निर्णय सरकारी वकिलबाट भएकोस्रोतको भनाइ छ ।
बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो । तर, प्रहरीले अनुसन्धानका क्रममा जाहेरीमा भनिएअनुसार जबरजस्ती करणीमा संलग्न भएको आधारहरु नभेटिएको भनेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, सरकारी वकिल र प्रहरीबीच छलफलपछि जाहेरीमा प्रस्तुत विषयहरु तथ्यसंगत नदेखिएपछि तामेलीमा राख्ने निर्णय भएको हो ।
कानूनी रुपमा अघि बढ्नलाई तत्काल प्रस्तुत प्रमाणले पुग्दैन भन्ने निष्कर्ष ररेकोले पछि कुनै प्रमाण देखिए त्यही अनुसार हुने गरी तामेलीमा राख्ने निर्णय भएको प्रहरी प्रमुख एसएसपी खत्रीले बताए । सरकारी वकिलको कार्यालयबाट यो निर्णय भएको उनको भनाएइ छ ।
पीडितले केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि बस्नेतले झुक्याएर बलात्कार र गर्भपतन गराएको जिकिरसहित किटानी जाहेरी दिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: