चितवन । रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गरेका छन्।
यहाँ वैशाख ३ गतेदेखि रामायण पाठ परायण यज्ञ आयोजना गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले जानकारी दिए । माडीको धार्मिक पर्यटन प्रवर्द्धन एवं अयोध्याधाममा सुविधासम्पन्न धर्मशाला, उद्यान र राष्ट्रिय झण्डा निर्माणको उद्देश्य रहेको उनले बताए ।
तीन दिन सञ्चालन भएको रामकथा पाठपारायणमा राष्ट्रिय कलाकारद्वारा झाँकी प्रदर्शन गरिएको थियो । यज्ञमा बिहान ७ देखि राति ११ बजेसम्म राष्ट्रिय कलाकारद्वारा भजन, दैनिक पूजाअर्चना र मूल पाठपारायण गरिएको प्रचारप्रसार संयोजक रामु भण्डारीले जानकारी दिए ।
राम मन्दिरमा शास्त्रार्थ पहिलोपटक आयोजना भएको छ । अयोध्याका विषयमा पुनःजागरण ल्याउन शास्त्रार्थ आयोजना गरिएको अनुसन्धाता पौडेलले बताए ।
पर्वतको फेदमा रहेको माडी अयोध्या, पश्चिम बगेका नदी र तिनमा पाइने शालिग्राम चक्रका कारण यहाँ अयोध्याका प्रशस्त प्रमाण रहेका उनले बताए । पाण्डव मन्दिर, द्रौपदी कुवा (भीम कुवा)लगाय प्राचीन संरचना माडीमा छन् । उहाँले माडीमा राममन्दिर निर्माणको योजना रहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: