Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा जोड

खबरडबली संवाददाता

काठमाडौं । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे  अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नभएकाले हामी अझै विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  

पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताएका हुन् । उनले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा समेत जोड दिएका छन् ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज जालानले वर्तमान परिप्रेक्ष्यमा सूचना प्रविधि सम्बन्धी व्यवहारिक शिक्षाको महत्वमा जोड दिनुभएको थियो ।

काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्राध्यापक डा. सुदन झाले दिगो विकास परियोजना को लक्ष्य र औद्योगिक क्रान्ति बिचको खाडल पुर्नका लागि शिक्षाले नै भूमिका खेल्ने बताए ।  

लिङ्कन कलेजका अनुसन्धान प्रमुख डा. सुरेन्द्र न्यौपानेले अनुकूल क्षमता र द्रुत कुशलताले नै सूचना प्रविधिमा फड्को मार्न सक्नेमा जोड दिएका छन् । 

कार्यक्रममा व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता र विज्ञहरूले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा अनुसन्धानकर्ताहरूका साथै सोही कलेजमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले आ आफ्नो अनुसन्धान प्रस्तुत गर्दै नयाँ नयाँ प्रवृत्ति र विकासका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको अनुसन्धान समेटिएको जर्नल पनि लोकार्पण गरिएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स होइन: आशिका तामाङ

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ की निर्वाचित  सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया द...

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: