काठमाडौं । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नभएकाले हामी अझै विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताएका हुन् । उनले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा समेत जोड दिएका छन् ।
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज जालानले वर्तमान परिप्रेक्ष्यमा सूचना प्रविधि सम्बन्धी व्यवहारिक शिक्षाको महत्वमा जोड दिनुभएको थियो ।
काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्राध्यापक डा. सुदन झाले दिगो विकास परियोजना को लक्ष्य र औद्योगिक क्रान्ति बिचको खाडल पुर्नका लागि शिक्षाले नै भूमिका खेल्ने बताए ।
लिङ्कन कलेजका अनुसन्धान प्रमुख डा. सुरेन्द्र न्यौपानेले अनुकूल क्षमता र द्रुत कुशलताले नै सूचना प्रविधिमा फड्को मार्न सक्नेमा जोड दिएका छन् ।
कार्यक्रममा व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता र विज्ञहरूले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा अनुसन्धानकर्ताहरूका साथै सोही कलेजमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले आ आफ्नो अनुसन्धान प्रस्तुत गर्दै नयाँ नयाँ प्रवृत्ति र विकासका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको अनुसन्धान समेटिएको जर्नल पनि लोकार्पण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: