काठमाडौं । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौंमा सार्वजनिक गरिएको छ । यो एल्बममा गौतम बुद्धप्रति समर्पित बौद्ध श्लोक (मन्त्रोचारण) ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी...’ समेटिएको छ । यतिधेरै कलाकारको स्वरमा रेकर्ड भएको बुद्धम् शरणम् गच्छामी... श्लोक (मन्त्रोचारण) यो नै पहिलो हो ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यो श्लोक एल्बमको काठमाडौंको जमल स्थित नाचघरमा लोकार्पण गरेका छन् । बिमोचन समारोहमा बोल्दै उप्रधानमन्त्री यादबले हामीले सिक्दै भोग्दै र पढ्दै जानेको समाजबाद गौतम बुद्धले पहिला नै प्रतिपादन गरिसकेको बताए । गौतम बुद्ध नेपालमा नै जन्मेका हुन भन्ने सन्देश विश्वभर फैलाउनको लागि तयार पारिएको यो श्लोकले विश्व शान्तिलाई मजबुत बताउने विश्वास उपप्रधानमन्त्री यादवले व्यक्त गरे ।
यो एल्बमलाई बुद्धशान्त पार्क निर्माण समितिले तयार पारेको हो । यो श्लोक एल्बमको सँगीत जुलग डँगोलले गरेका हुन् । जसमा अग्रज गायक गायिकाहरु ज्ञानु राणा, संगीता राना, जुजुकाजी रंजित, अमरराज शर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य, बिजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, सरिता भारती लगायत १०८ जना गायक गायिकाको स्वरमा ४३ मिनट लामो बुद्धम् शरणम् गच्छामी श्लोक रहेको छ ।
यो श्लोकलाई १०८ पटक नै गायर तयार गरिएको पनि संगीतकार जुगलले जानकारी गराए,‘हरेक कलाकारले एक एक पटक यो श्लोक गाउनुका साथै सामुहिक रुपमा पनि गाउनु भएको छ । यसरी १०८ जनाको स्वरमा तयार पारिएको यो मन्त्रोचारण माधुर्य बनेको छ ।’
सो कार्यक्रममा बोल्दै भिक्षु धर्ममूर्ति भन्तेले यसरी बुद्धम् शरणम् गच्छामी जस्तो पवित्र श्लोकलाई १०८ जनाको स्वरमा रेकर्ड गरेर एल्बमको रुपमा ल्याउनु ऐतिहाँसिक कार्य भएको बताए ।
बौद्धमार्गीहरुले १०८ पटक मालामा मन्त्र जप्ने भएकाले सोही आधारमा १०८ जना कलाकारहरुको स्वरमा यो श्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताएका छन् । हाल अडियोको रुपमा सार्वजनिक गरिएको यो एल्बमको श्लोकलाई भिडियोको रुपमा चाँडैनै तयार गरेर ल्याउने पनि अध्यक्ष शान्तबहादुर शाक्यले जानकारी गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: