सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होटल क्षेत्रमा कार्यरत श्रमिकहरू व्यवसाय बन्द हुने अवस्थापछि रोजगारी गुम्ने जोखिमका कारण फर्किन थालेका हुन्।
कैलालीस्थित नेपाल–भारत सीमानाका त्रिनगरमा भेटिएका डोटीका रोशन खड्काले आफू कार्यरत होटल ग्यास अभावका कारण बन्द हुने अवस्थामा पुगेपछि फर्किनुपरेको बताए। उनी भारतको मुम्बइमा काम गर्दै आएका थिए।
“खाने–बस्ने सुविधा होटलमै थियो, तर ग्यास अभाव भएपछि होटल बन्द गर्ने तयारी भयो। बेरोजगार हुने भएपछि घर फर्किनुपर्यो,” उनले भने।
सीमानाकामै भेटिएका विजय विकले ग्यास अभावका कारण होटल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए। साथै सुदूरपश्चिममा मनाइने ‘बिसु’ पर्व नजिकिँदा यस वर्ष अपेक्षाभन्दा चाँडै फर्किनुपरेको उनको भनाइ छ।
“चैत अन्तिमतिर फर्किने योजना थियो, तर होटल बन्द हुने अवस्था आएपछि छिट्टै फर्किएँ,” उनले भने। सुदूरपश्चिम प्रदेशमा बिसु पर्वलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाइन्छ।
भारतको पुनामा कार्यरत डोटीका महेश भट्टले ग्यास अभावका कारण होटल तथा अन्य क्षेत्रमा काम गर्ने नेपालीहरू बढी प्रभावित भएको बताए। “होटल व्यवसायमा संलग्न अधिकांश नेपाली बेरोजगार हुने जोखिममा छन्,” उनले भने।
पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपालीहरूले बताएका छन्। भारत नेपाली श्रमिकका लागि विशेषगरी सुदूरपश्चिम प्रदेशबाट जानेहरूको प्रमुख रोजगारी गन्तव्य हो।
यसैबीच, कैलालीमा ग्यास आपूर्ति अवस्थाबारे बजार अनुगमन तीव्र पारिएको छ। जिल्ला स्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख लक्ष्मीप्रसाद जैशीका अनुसार हालसम्म कैलाली र आसपासका जिल्लामा ग्यास अभाव देखिएको छैन।
अनुगमन टोलीले धनगढी, टीकापुर, लम्की, अत्तरिया तथा कञ्चनपुरका पुनर्वास र बेलौरी क्षेत्रमा बजार निरीक्षण गरेको छ। “डिजेल र पेट्रोलको आपूर्ति सहज छ। सरकारी नीतिअनुसार आधा सिलिन्डर ग्यास बिक्री भइरहेको छ,” जैशीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...
चैत्र ६ गते, २०८२ - २०:३७
काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...
चैत्र ६ गते, २०८२ - २०:३१
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...
चैत्र ६ गते, २०८२ - २०:२४
सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...
चैत्र ६ गते, २०८२ - २०:११
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...
चैत्र ६ गते, २०८२ - २०:०८
काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...
चैत्र ६ गते, २०८२ - २०:०७
काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...


प्रतिकृया लेख्नुहोस्: