काठमाडौँ । शिक्षा मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन् ।
त्यस्तै अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियारमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनिया, हिरा बहादुर महर्जनसहित ४३ जनामाथि कारबाही सिफारिस गरेको थियो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदन गत चैत्र २८ गते सार्बजनिक गरिएको थियो ।
आयोगले कारवाही सिफारिस गरेकाहरुमा तीर्थराज खनियाँ, तत्कालिन उपकूलपति, सुधा त्रिपाठी, तत्कालिन रेक्टर, डिल्ली उप्रेती तत्कालिन रजिष्ट्रार, लोकमान सिंह कार्की, हिराबहादुर महर्जन,पूर्व उपकूलपति, डा। नीलमणि उपाध्याय, पूर्व रजिष्ट्रार–मेडिकल काउन्सिल, डा। प्रकाशराज न्यौपाने, पूर्व प्रमुख–भक्तपुर क्यान्सर अस्पताल, डा चीनबहादुर ९सीबी० पुन, पूर्व कार्यकारी निर्देशक– वी।पी। कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, डा।बीपी दास ९बलभद्र दास०, पूर्व उपकूलपति–वी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, डा। दामोदरप्रसाद गजुरेल, पूर्व अध्यक्ष– नेपाल मेडिकल काउन्सिल रहेका छन् ।
त्यस्तै प्रा। भरत झा, प्रा।डा। गोविन्दप्रसाद शर्मा, प्रा।डा। त्रिलोकपति थापा, प्रा।डा। के बी। राउत, डा। मनोहरप्रसाद गुप्ता, चन्द्रलाल श्रेष्ठ, हिरेन्द्रमान अमात्य, डा। सि।डी। चावला, प्रा। श्यामसुन्दर मल्ल, प्रा।डा। पन्ना थापा, प्रा।डा। रमेशप्रसाद सिंह, डा। जगदीश चटौत, प्रद्युम्न श्रेष्ठ, डा। रमेश कुमार अधिकारी, डा। रोहित श्रेष्ठ, डा। ओजस्वी नेपाल, प्रा। डा। करवीरनाथ योगी, प्रा। डा। ज्योति शर्मा, प्रा। डा।केशवप्रसाद सिंह, प्रा।डा।प्रमोदकुमार श्रेष्ठ, प्रा। डा।परशुराम मिश्र, प्रा। डा।रामप्रसाद उप्रेती, प्रल्हाद पन्त, त्रिवि, डा। अनिल झा, डा। शशी शर्मा, डा। सरोज श्रेष्ठ, ताराप्रसाद सापकोटा, डिन, कानून संकाय-त्रिवि, रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय- त्रिवि. राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य, हरि पराजुली, डा। रामकण्ठ माकाजु, उपकूलपति-काठमाडौं विश्वविद्यालय र डा अंकुर साह, सदस्य, नेपाल मेडिकल काउन्सिल रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: