Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति पौडेल

खबरडबली संवाददाता
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएको छन् ।
 
विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए। 
 
“यसका लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकाङ्क्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य छ”, राष्ट्रपति पौडेलले भने। 
 
सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुरडाँडामा ऐतिहासिक सम्पदा र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी, संरक्षण र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे। 
 
“अहिले तनहुँसुरलाई चुँदी र दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भइरहेको छ, तनहुँलाई लक्षित गरी दक्षिणतिर भगवती रङ्गपथबाट पनि पक्की बाटो पनि बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्”, उनले भने । 
 
इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व बोकेको तनहँुसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा गौरवपूर्ण भूमिका रहेको उनले उल्लेख गरे। उनले मुलुकका राजनीतिक परिवर्तनका लागि २००७ सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गरे। 
 
त्यतिखेर बन्दीपुरमा भएको सङ्घर्षमा राणा फौजको गोली लागेर छ सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर सार्की ९नेपाली० र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । विसं २०१८ मा धेरै सहिद भएमध्ये बुद्धसिंह रानामगर यसै क्षेत्रको भएको उनले उल्लेख गरे। 
 
“म ती सहिदप्रति यसअवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशका लागि प्राण आहुति दिने सहिद र सहिदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ”, उनले भने। 
 
आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन सङ्घर्षका दिनमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात् सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसद्मा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको उनले स्मरण गरे। 
 
“यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतज्ञ छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईंहरूबीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ, यो सबै तपाईंहरूकै शुभेच्छा एवं सद्भाववाट सम्भव भएको हो भन्ने मैले ठानेको छु र यसप्रति म आभार व्यक्त गर्न चाहन्छु”, उनले भने। 
 
सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द्र मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको बौद्धिक केन्द्रसमेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ ।
 
त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो । यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको बृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको एक सय आठ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भइरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहँुसुरमा सहिद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उनले बताए।
 
“पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भने। 
उनले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले ‘भानुप्राणी उद्यान’ योजनासमेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिने नै छ भन्ने विश्वास व्यक्त गरे। 
 
देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत् योजना हाम्रो धेरै प्रयासपश्चात् आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उनले अर्को योजना तल्लो सेती जलविद्युत् परियोजना प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गरे । 
 
“यस्ता आयोजनासँगै जोडिएको तनहुँसुर सम्पदा क्षेत्र जस्ता पिछडिएका क्षेत्रमा अधिकारिक विकासको प्रतिफल पु¥याउनुनै तीनै तहका सरकारको लक्ष्य हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भने, “विगतमा तनहुँसुर आफैँमा एउटा प्राकृतिक किल्ला थियो, यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिङ्गो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपालललाई बचाएको छ ।”
 
त्यस अवसरमा गण्डकी प्रदेश सरकारका बिना विभागीय मन्त्री हरिबहादुर चुमानले यहाँ विकासले गति लिएको भन्दै  स्थानीय फर्किने अवस्था पनि बन्दै गएको बताए। तनहुँसुर–खड्गकाली मार्ग पूर्णरूपमा बन्नुपर्ने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको प्राथमिकता पर्यटन भए पनि बजेट अभावमा काम हुन नसकेको उनको भनाइ थियो ।
 
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले खड्गकाली मन्दिरको विकासलाई प्रदेश सरकारबाट बजेट विनियोजन भएको जानकारी गराए । उनले मन्दिर तथा तनहुँसुर दरबारसम्म सहज रूपमा आवतजावतका लागि तनहुँसुर–खड्गकाली सडक खण्ड निर्माणका लागि बजेट विनियोजन भएको बताए। 
 
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ऐतिहासिक तनहुँसुरको संरक्षणमा जोड दिए। विकास निर्माणका काम भइरहेको भन्दै उहाँले तनहुँले अभिभावकत्व खोजिरहेको उल्लेख गरे ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending