धनगढी। सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिँदैछ। तर नयाँ सरकार गठनको विषयमा अन्योल कायमै छ।
सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा०लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ।
तर नाउपाभित्रको विवादका कारण मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शनिबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेशसभा सदस्यले दाबी पेस गर्न सकेका छैनन्।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीका लागि आज आइतबार ९वैशाख २ गते० साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिसकेका छन्। तर, नयाँ गठबन्धनको सरकार निर्माणमा समेत निर्णायक रहेको नागरिक उन्मुक्तिको आन्तरिक कलहका कारण परिस्थिति परिवर्तन भएको छ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेश सांसद कैलाश चौधरीको नेतृत्वमा प्रदेश सरकार निर्माण हुने बताएकी छन्। अध्यक्ष रञ्जिताले केन्द्रमा गठबन्धन दलले ‘नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति गरेको’ दाबी गरेकी छन्।
विवाद कायम रहेकै बेला अध्यक्ष रञ्जिताले संसदीय दलका नेता घनश्याम चौधरीलाई हटाएर प्रदेशसभा सदस्य कैलाश चौधरीलाई दलको नेता चयन गरेकी थिइन्। उनले सो व्यहोराको पत्र सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पठाइसकेकी छन्।
नयाँ सत्ता गठबन्धनका साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीले पनि मुख्यमन्त्री र सरकार गठनका विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएको हालै नागरिक उन्मुक्तिकी इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य कायम छन्।
जसमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका पाँच ९समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त र सांसद घनश्याम चौधरीलाई तीन महिना निलम्बनपछि०, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद रहेका छन्।
प्रदेश सरकारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले आह्वान भएको १६८ ९२० अनुसार सरकार गठन हुन नसकेमा पुनः १६८ (३) बमोजिम आफ्नै नेतृत्वमा सरकार गठन हुने दाउमा देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - ०९:११
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...
श्रावण २९ गते, २०८३ - ०९:०७
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...
श्रावण २९ गते, २०८३ - ०८:५७
जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...
श्रावण २९ गते, २०८३ - ०८:५१
पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...



प्रतिकृया लेख्नुहोस्: