Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै

खबरडबली संवाददाता

धनगढी। सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिँदैछ। तर नयाँ सरकार गठनको विषयमा अन्योल कायमै छ।

सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा०लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ।

तर नाउपाभित्रको विवादका कारण  मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शनिबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेशसभा सदस्यले दाबी पेस गर्न सकेका छैनन्।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीका लागि आज आइतबार ९वैशाख २ गते० साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिसकेका छन्। तर, नयाँ गठबन्धनको सरकार निर्माणमा समेत निर्णायक रहेको नागरिक उन्मुक्तिको आन्तरिक कलहका कारण परिस्थिति परिवर्तन भएको छ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेश सांसद कैलाश चौधरीको नेतृत्वमा प्रदेश सरकार निर्माण हुने बताएकी छन्। अध्यक्ष रञ्जिताले केन्द्रमा गठबन्धन दलले ‘नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति गरेको’ दाबी गरेकी छन्।

विवाद कायम रहेकै बेला अध्यक्ष रञ्जिताले संसदीय दलका नेता घनश्याम चौधरीलाई हटाएर प्रदेशसभा सदस्य कैलाश चौधरीलाई दलको नेता चयन गरेकी थिइन्। उनले सो व्यहोराको पत्र सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पठाइसकेकी छन्।

नयाँ सत्ता गठबन्धनका साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीले पनि मुख्यमन्त्री र सरकार गठनका विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएको हालै नागरिक उन्मुक्तिकी इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य कायम छन्।

जसमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका पाँच ९समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त र सांसद घनश्याम चौधरीलाई तीन महिना निलम्बनपछि०, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद रहेका छन्।

प्रदेश सरकारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले आह्वान भएको १६८ ९२० अनुसार सरकार गठन हुन नसकेमा पुनः १६८ (३) बमोजिम आफ्नै नेतृत्वमा सरकार गठन हुने दाउमा देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं आइसकेको टर्किसको जहाज लखनऊ र त्यहाँबाट दिल्ली डाइभर्ट हुँदा यात्रुलाई सस्ती

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज पहिलोपटक भारत लखनऊ र त्यहाँबाट नयाँदिल्ली ‘डाइभर्ट’ हुँदा यात्रुले पाउनुसम्म सास...

सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु

सल्यान  । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा स...

जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार...

सूचना-प्रविधिलाई 'लिडिङ फ्याक्टर' को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सा...

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका...

घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटनाहुँदा दुई युवाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई मध्यराति घरमा ...

मैथलीफिल्म ‘लेबर’ घोषणा

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णे...

धादिङमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु, गोरखामा ६ घरगोठ जले

काठमाडाैं। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय ते...

डा. आयुष्नोभाको पोल्टामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies