तनहुँ । व्यास १४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । आँटेको काम र मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाअर्चना र भाकल बुझाउन भक्तजनको बाक्लो भीड लागेको हो ।
व्यास ३ निवासी त्रिभुवन श्रेष्ठले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मन्दिरमा पूजा गर्न परिवार नै आएको बताए । त्यस्तै चितवनबाट आउनुभएका मुक्तिनाथ पौडेलले बिहान ८ बजेदेखि लाइनमा बस्नुपरेको बताए ।
भक्तजनको लामो लाइन रहेकाले पालो पाउनै मुस्किल भएको गुनासो उनले पोखे। तनहुँको व्यास–११ रानीगाउँबाट आएका प्रकाश कुँवरले बिहान ९ बजेदेखि लाइनमा बसेर दिउँसो करिब २ बजे पूजाअर्चना गर्न पाएको बताए ।
छाब्दी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरी कार्यालयबाट पठाइएको १०, छाब्दी चौकीका सात र ट्राफिक प्रहरी तीनसहित २० प्रहरी सुरक्षामा खटिएको बताए ।
“नेपाल प्रहरी र स्थानीय छाब्दी युवा क्लबका करिब १५ जना युवाको संयुक्त प्रयासमा भक्तजनका लागि लाइनको व्यवस्था गरिएको छ”, उनले भने, “अपाङ्गता, वृद्ववृद्वा, बालबालिका र अशक्तलाई सहज रूपमा मन्दिर प्रवेश गरी पूजाअर्चना गर्ने व्यवस्था मिलाइएको छ ।”
मन्दिरका मूल पुजारी चोकबहादुर आलेले मन्दिरमा भक्तजनको बिहानैदेखि भीड रहेकाले पुजारीलाई भ्याइनभ्याइ हुने गरेको बताए । मूल मन्दिरमा तीन, बलि दिने स्थानमा दुई र टीका लगाएर आशीर्वाद दिन एक गरी छजना पुजारी खटाइएको छ । मन्दिरमा बोका, कुखुरा, भेडा, हाँस, परेवालगायतका पशुपक्षीलाई बलि दिने प्रचलन रहिआएको पाइन्छ ।
नयाँ वर्ष र शनिबार बिदाका दिन परेकाले आजमात्रै २० हजारभन्दा बढी आन्तरिक भक्तजनले दर्शन गरेको छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले दाबी गरे। मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पछिल्ला समय भक्तजनको चहलपहल बढ्दै गएको उहाँले जानकारी दिए ।
धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आकर्षण छाब्दी देवीको मूर्ति र मन्दिर निर्माण गरिएको बताए । यसअघि उक्त मन्दिरमा वार्षिक करिब छ लाख भक्तजनले पूजाअर्चना गरेको तथ्याङ्क रहेको छाब्दी बाराही विकास कोषले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: