इलाम । वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।
कक्षा १२ को वैशाख १४ गते देखि परीक्षा सुरु हुँदैछ । यस्तै स्नातक दोस्रो वर्षको पनि वैशाख १६ बाट परीक्षा सुरु हुँदैछ । कक्षा १२ को घर पायक परीक्षा केन्द्र नहुँदा १५ गतेको निर्वाचनमा मत खसाल्न नपाउने भएका हुन्।
इलाम– २ का छ वटा विद्यालयमा मतदान केन्द्र पनि रहेको छ । भानु मावि चुलाचुली, सिंहदेवी मावि फाकफोकथुम, भानु मावि मङ्गलवारे र अमर उच्च मावि बरबोटेका रहेका परीक्षा केन्द्रहरूमा मतदान केन्द्र पनि रहेका छन् ।
एउटा विद्यालयमा करिब दुई सय जना विद्यार्थीले कक्षा १२ को परीक्षा लेख्ने छन् । आफ्नो परीक्षा केन्द्रमा परीक्षा लेखेर आफ्नो मतदान केन्द्रमा जान यी विद्यार्थीलाई सम्भव नहुने बताइएको छ ।
यसै गरी स्नातक दोस्रो वर्षको परीक्षा पनि वैशाख १६ गते बिहान देखि हुँदैछ । सदरमुकाममै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थीहरू १५ गतेको मत खसालेर आउन नसक्ने अवस्था रहेको क्याम्पसस्थित त्रिवि प्राध्यापक सङ्घकी कोषाध्यक्ष विमला पोख्रेलले बताइन्।
१५ गते मतदान केन्द्रमा मत खसालेर १५ गते नै सदरमुकाम आउन टाढाका विद्यार्थीलाई सम्भव नहुने उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: