Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

यसकारण उपनिर्वाचनमा मतदान गर्न वञ्चित हुँदैछन् इलामका विद्यार्थी

खबरडबली संवाददाता

इलाम । वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् । 

कक्षा १२ को वैशाख १४ गते देखि परीक्षा सुरु हुँदैछ । यस्तै स्नातक दोस्रो वर्षको पनि वैशाख १६ बाट परीक्षा सुरु हुँदैछ । कक्षा १२ को घर पायक परीक्षा केन्द्र नहुँदा १५ गतेको निर्वाचनमा मत खसाल्न नपाउने भएका हुन्। 

इलाम– २ का छ वटा विद्यालयमा मतदान केन्द्र पनि रहेको छ । भानु मावि चुलाचुली, सिंहदेवी मावि फाकफोकथुम, भानु मावि मङ्गलवारे र अमर उच्च मावि बरबोटेका रहेका परीक्षा केन्द्रहरूमा मतदान केन्द्र पनि रहेका छन् । 

एउटा विद्यालयमा करिब दुई सय जना विद्यार्थीले कक्षा १२ को परीक्षा लेख्ने छन् । आफ्नो परीक्षा केन्द्रमा परीक्षा लेखेर आफ्नो मतदान केन्द्रमा जान यी विद्यार्थीलाई सम्भव नहुने बताइएको छ । 

यसै गरी स्नातक दोस्रो वर्षको परीक्षा पनि वैशाख १६ गते बिहान देखि हुँदैछ । सदरमुकाममै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थीहरू १५ गतेको मत खसालेर आउन नसक्ने अवस्था रहेको क्याम्पसस्थित त्रिवि प्राध्यापक सङ्घकी कोषाध्यक्ष विमला पोख्रेलले बताइन्। 

१५ गते मतदान केन्द्रमा मत खसालेर १५ गते नै सदरमुकाम आउन टाढाका विद्यार्थीलाई सम्भव नहुने उनको भनाइ छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies