Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

दश करोड बढीको अवैध सामान बरामद

खबरडबली संवाददाता

बाँके । बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म रु दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिए । उहाँका अनुसार साउनमा रु एक करोड ४५ लाख, भदौमा रु एक करोड १९ लाख, असोजमा रु एक करोड छ लाख, कात्तिकमा रु एक करोड ४१ लाख, मङ्सिरमा रु एक करोड ३८ लाख, पुसमा रु एक करोड एक लाख, माघमा ९१ लाख, फागुनमा रु ९१ लाख र चैतको हालसम्म रु ७४ लाख बराबरको अवैध सामान बरामद भएको छ । 

अवैधरुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको उनको भनाइ छ । नेपालगञ्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए।

बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट ९बीओपी० रहेका छन् । दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी छ ।   पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घी...

सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या

सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख...

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौँ । इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत ग...

बागमती प्रदेशभित्र नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौँ । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बागमती...

मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले जुम्ला ...

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ - राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएको छन् । सञ्चार ...

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

कुन तालिम कति दिन चल्छ ?

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन् । रा...

आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ- मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तर...

कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्न आवश्यक - सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies