Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजामती कर्मचारी अस्पतालसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । 

उक्त कार्यका लागि कामपा र निजामती अस्पतालबीच सहमति भइसकेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए। उनका अनुसार सार्वजनिक साझेदारीको अवधारणाअनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक उपलब्ध गराउन आपसी क्षमता आदानप्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसबाट नागरिकले स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा सहज रुपमा पाउने उनको भनाइ छ । 

समझदारीबमोजिम महानगरले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँचसहितका काममा सहकार्य हुने भएको परियारले जानकारी दिए। उनका अनुसार ज्येष्ठ नागरिकका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसिजी, ब्लड सुगर, सिबिसी, एक्स–रेसहित १० किसिमका स्वास्थ्य परीक्षण हुनेछन् ।

महिलाहरूमा देखा पर्नसक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएकाको एचपिभी डिएनए परीक्षण, बायोप्सी, लिप परीक्षण ९लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर० र मेमोग्राम परीक्षण हुनेछन् ।

यस्तै, परिचयपत्र वा सिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि युएसजी, इसिजी, युरिन, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ किसिमका परीक्षण हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिनुभयो । उहाँका अनुसार माथि उल्लिखित सेवा प्राप्त गर्नका लागि तोकिएबमोजिम बिरामीलाई कामपाले सिफारीस गर्नुपर्ने छ । 

सिफारिसपत्रका आधारमा निजामती अस्पतालले सेवा सहमतिअनुसारको सेवा उपलब्ध गराउनेछ । उपचारमा लागेको खर्च कामपाले उपलब्ध गराउने जनाइएको छ ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट पठाइएका बिरामीको छुट्टै कक्षबाट उपचार गरिनेछ । उक्त केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ । 

अस्पतालले महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बीमा सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन र भौतिक संरचना निर्माण तथा मर्मतसम्भारको विषयमा पनि कामपासँग सहकार्य गर्न सकिने जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: