Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

हामीलाई मिल्न नदिन प्रचण्डसँग लागेर नबिग्रन भन्दैछन् : विप्लव

खबरडबली संवाददाता

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन्। सो पार्टी निकट युवा सङ्गठन  नेपालद्वारा धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए । 

उनले भने, “माओवादी मिल्नुपर्छ भन्ने झुपडी÷झुपडी र घर÷घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ।”

समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए।  समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उहाँले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए । 

उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने बताए। उनले भने, “जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्। हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन । हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ÷सात करोड मान्छेलाई खान पुग्छ ।”

एमसीसीमार्फत नेपाल पसेको अमेरिकाले एमसिएमार्फत नेपालमा सैन्य अखडा बनाउने सपना नेपाल कम्युनिष्ट पार्टी रहुन्जेल पूरा हुन नदिने बताए । उनले इष्ट्रइण्डीया कम्पनीमार्फत व्यापार गर्ने उदेश्य बोकेर आएको अंग्रेजले भारतमा लामो समय शासन गरेको बताउदै देशको राष्ट्रियता र स्वाधीनतामा कसैले आँच पु¥याउने दुस्साहस गरे ३ करोड जनताले हतियार उठाउन बाध्य हुने र त्यसकोे नेतृत्व नेकपाले गर्ने बताए ।

हामीलाई हतियार उठाउने आरोप लागेको छ । तर हामी गर्वका साथ भन्छौँ, राष्ट्रियताका सवालमा हामी लुकेर नभई खुल्ला रुपमा जनताका साथ हतियार उठाएर देशको रक्षा गर्नेछौँ । देशको स्वाधीनताको लागि नेपाली युवाहरुले ज्यान दिन पनि तयार हुनु पर्छ उनले भने ।

जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र हुन नसकेको बताउदै महासचिव विप्लवले जनताले दुस्ख पाएको बताए । उनले व्यवस्था नफेरि व्यवस्था नफेरिने बताउदै खोट व्यवस्थामै भएकाले व्यवस्था फेर्नुपर्ने बताए । उनले सबैले समाजवादको कुरा गरिरहेको अवस्थामा व्यवस्था ठीक छ अवस्था बदल्नु पर्छ भन्ने रवि लामिछानेले पनि समाजवादको कुरा उठाउन थालेको बताए ।

महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीले नेपाली विशेषताको समाजवादको परिकल्पना गरेको बताउदै समाजवाद प्राप्तिका लागी राष्ट्रवादी देशभक्तहरु एकजुट हुनु पर्ने बताए । उनले नेपाली कांग्रेसले पनि विपीको समाजवादका विषयमा पार्टीभित्र छलफल चलाउनु पर्ने बताए । 

साम्राज्यवादी साङ्लोले समाजवादलाई बाँधेर राखेको बताउँदै महासचिव विप्लवले नेपाली विशेषताको समाजवादका लागि एक पटक मौका दिनु पर्ने बताए ।

हामी सहिद परिवारसंगै रोएका छौँ, सुकुम्बासीको अगेनामा बसेर उनीहरुका दुस्ख नजिकबाट देखेका छौँ, सहिदसँगै लड्दालड्दै ज्यान गुमाएको देखेका छौँ त्यसैले हामी परिवर्तनको पक्षमा छौँ, देशको पक्षमा छौँ, राष्ट्रियताको पक्षमा छौँ उनले भने ।

नेपाल प्रश्नैप्रश्नको घेरामा उभिएको बताउदै कोही खुसी नभएको बताए । कैलाली जिल्ला देशको आमुल परिवर्तनका लागि ज्यान गुमाउने सहिदहरु जन्माउने जिल्ला भएको बताउदै उनले जनयुद्धमा भागेका भगौडाहरुले तर्साउदैमा कोही नडराउने बताए । जनताका बैरीहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउदै उनले समाजवादी मोर्चाको गठनले उनीहरुको निदहराम भएको बताए । समाजवादी कम्युनिष्टहरुलाई एक हुन नदिन एक अर्काको कुरा काट्दै हिडेको बताए ।

हामीलाई प्रचण्डसँग लागेर नबिग्रन भन्दैछन्, प्रचण्डलाई हामीसँग नलाग्न भन्दैछन्, हामीलाई टुक्तयाउने र कमजोर बनाउने षडयन्त्र हुँदैछ, हामी सबै कम्युनिष्टहरु मात्र नभई देशभक्तहरु एकजुट हुन जरुरी छ उनले भने । 

निरासा सबै भन्दा ठुलो सत्रु भएको बताउदै युवाहरुले निराशा विरुद्ध खुकुरीको धार बनेर स्पात बन्नु पर्ने बताए । महासचिव विप्लवले २ सय ५० वर्ष शासन चलाई सकेको राजतन्त्र फर्केर नआउने बताउदै व्यवस्था परिवर्तनका लागी संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्न सकिने बताए । उनले एक पटक नेकपालाई मौका दिनु पर्ने बताउदै किनेर पाउने भोटको औचित्य नभएको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending