Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

आलुले चिनिएको हेम्जा

खबरडबली संवाददाता
गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ ।
 
पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। उनका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झन्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “हेम्जाको आलु देशमै ‘ब्रान्ड’ बनिसकेको छ ।” महानगरको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलुखेती हुने गरेकामा त्यो घटेर अहिले करिब तीन सय हेक्टरमा सीमित भएको हो । 
 
आलुखेतीका लागि हेम्जा उर्वर थलो रहेको भन्दै महाशाखा प्रमुख कडरियाले पछिल्लो समय घरघडेरी विस्तारले उब्जाउ जमिन नासिएकामा भने चिन्ता व्यक्त गरे । उनका अनुसार राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण हेम्जाको कृषियोग्य जमिन घट्दै गएको हो । हेम्जाको आलु बजारमा आउँदा पोखरामा बाहिरबाट आयात हुने झन्डै ५० प्रतिशतले घट्ने गरेको महाशाखा प्रमुख कडरियाले बताए । महानगरका अन्य वडामा पनि व्यावसायिक आलु खेती प्रवर्द्धन गर्न सकिए पोखराको बजार मागलाई धान्न सकिने उनको भनाइ छ । 
 
यहाँ ‘एमएस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलु बाली लगाउने गरिएको स्थानीय वसन्त श्रेष्ठले बताए । किसानले कात्तिक÷मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्र्याउन सकिने उनको भनाइ छ । “यहाँ हिउँदे आलुको मात्रै खेती हुन्छ । यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताले पनि हेम्जाको आलु खोजीखोजी किन्छन्,”, उनले भनने ।
 
आलु भण्डारणका लागि महानगरको आर्थिक सहयोगका चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । गुणस्तरीय बीउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनलगायत कारणले आलुखेतीमा चुनौती थपिँदै गएको किसानको भनाइ छ । पछिल्लो समय ‘आलु महोत्सव’ हुन थालेपछि हेम्जाको आलुको बजारीकरणमा सहजता थपिएको किसान बताउँछन् । यस वर्षको बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आइतबारदेखि सुरु हुँदैछ । महोत्सव अवधिमा लाखौँको आलु बिक्री गर्ने योजनामा किसान छन् । व्यावसायिक कृषिको प्रवर्द्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव राखिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष सुबिन श्रेष्ठले बताए। 
 
महोत्सवका लागि ५० टनभन्दा बढी आलु सङ्कलन गरिसकिएको उनको भनाइ छ । महोत्सव अवधिभर ८० टन आलु बेच्ने लक्ष्य लिइएको उनले बताए । महोत्सव आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहेका छन् ।  
 
किसानलाई लक्ष्य गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बीउबिजन, कृषि यन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुति, कृषि बहस, कृषक सम्मानलगायत कार्यक्रम पनि राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अवलोकनमा आउने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिएको छ ।
 
अध्यक्ष श्रेष्ठले महोत्सवमा कृषिमा ३० वटा व्यावसायिक ‘स्टल’ रहने जानकारी दिनुभयो । उहाँका अनुसार अन्य व्यापारिक ‘स्टल’ एक सय र रेष्टुराँका लागि १० ‘स्टल’ रहने छन् । “कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधि पनि समेटिएको छ । साङ्गीतिक प्रस्तुति, रमाइलो मेला, बाल उद्यान आदि राखिने क्लबले जनाएको छ ।
–––
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending