Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

संविधानको परिमार्जित विधेयकमाथिको छलफल जारी

\"CAकाठमाडौँ । संविधानसभाको बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि आज चौथो दिन पनि छलफल जारी छ । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा शुक्रबारसम्म करिब ३२५ सभासद्ले आआफ्ना सुझाव प्रस्तुत गरिसकेका छन् । छलफलमा सहभागी पहिलो वक्ता नेपाली काँग्रेसका महेश आचार्यले संविधान निर्माणको प्रक्रियाले हिंसा र हत्याको राजनीतिलाई निरुत्साहित गर्ने र विभिन्न जाति वर्ग समुदायका मागलाई सम्बोधन गर्ने धारणा राखे । उनले तराइमा थारु समुदायको आन्दोलनलाई सम्बोधन गर्न प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिसक्नुभएकाले केही दिनको अन्तरालमा समस्या समाधान हुने आशा व्यक्त गर्दै वार्ताकै माध्यमबाट थारु, मधेसी, दलित र मुस्लिम समुदायका मागलाई सम्बोधन गर्न सकिने सीमासम्म सम्बोधन गर्न आग्रह गरे । नेकपा (एमाले)का विद्यादेवी भण्डारीले चार वर्षसम्म छलफल गर्दा पनि अघिल्लो संविधानसभाले संविधान जारी गर्न नसकेको चर्चा गर्दै अहिले संविधान जारी नगरी नहुने अवस्था आएकाले सामाजिक सद्भाव कायम गर्न र राष्ट्रिय एकतामा खलल हुने खतरा पनि हुन नदिन नयाँ सम्भावनाको खोजी गर्नु अहिलेको नेतृत्वको काँधमा भएकाे बताइन्र् । एकीकृत नेकपा (माओवादी)का कृष्णबहादुर महराले संविधान निर्माणको अन्तिम र ऐतिहासिक क्षणमा संविधानसभाभित्र मात्र नभई बाहिर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि चासोको विषय हुनु सामान्य हो भन्दै कैलालीको घटना राजनीतिक घटना हो यसको आडमा कुनै तत्वले खेल्न खोजे पनि यसको सम्बोधन राजनीतिक तवरमा गर्नुपर्छ तर दमन र प्रतिशोधमा नभएकाे बताए  । उनले हिजोको सिमित वर्गका रुपमा रहेका जनताको हातमा राज्य शक्ति पु¥याउनु नै सङ्घीयताको लक्ष्य भएकाले अधिकार प्रत्यायोजनले राष्ट्र कमजोर हुँदैन बलियो हुने धारणा राखे । राप्रपा नेपालका रामकुमार सुब्बाले संविधान निर्माणका क्रममा बालक, सुरक्षाकर्मी र आन्दोलनरत जनताको रगत लतपत्तिएको मस्यौदा भएकाले आफूहरू यो संविधानको मस्यौदामा आमूल परिवर्तन हुनुपर्ने धारणा राखे । उनले यो मस्यौदामा व्यापक परिवर्तन नगरी यो मुलुक बचाउन र जनताका आवाज सुनिश्चित हुन सक्दैन भन्दै उहाँले यो संविधान निर्माणमा जुन बाटो अपनाइरहेका छौँ त्यसमा राजा, देवताको पनि आवश्यकता हुन सक्छ तर त्यसमा जान नसकिरहेकाे बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending