Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बिम्स्टेकको आवश्यकता र यसको बडापत्रको अनुमोदनका सन्दर्भमा सांसदले राखेका विषयसँग सरकार सहमत रहेको बताए। बहुपक्षीय र क्षेत्रीय संगठनमा नेपालले आफ्नो सहभागिता जनाउँदै त्यसमा सकारात्मक भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्र संघजस्ता बहुपक्षीय विश्व संस्थामा नेपालको सहभागिता रहँदै आएको बताए।

‘क्षेत्रीय संगठनलाई पनि आफ्नो सहभागितासहित प्रभावकारिता बनाउने दिशातर्फ प्रयत्न गरिरहेका छौँ’, उनले भने, ‘आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने हो।’ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको यथार्थ सुनाउँदै सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने प्रतिबद्धता व्यक्त गरे।

‘बिम्स्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन। सार्कलाई निष्क्रिय बनाउने बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत छैन’, उनले भने, ‘हामी सार्कलाई प्रभावकारी बनाउने पक्षमा छौँ, अध्यक्षको हैसियतमा सक्रिय भूमिका खेल्नेछौँ।’

सन् २०२२ मा श्रीलंकामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै उनले संसद्बाट अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताए। ‘नेपालबाहेक छ सदस्य मुलुकले संसद्बाट यो बडापत्रलाई अनुमोदन गरिसकेको सूचना प्राप्त भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालले अनुमोदन गरेको ३०औँ दिनपछि बडापत्र कार्यान्वयनमा जाने प्रावधान छ।’

बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले बिम्स्टेक बडापत्र अनुमोदनको प्रक्रियाको स्वागत गरे। बिम्स्टेकको प्रस्तावना, उद्देश्य तथा सिद्धान्त सकारात्मक रहेको उल्लेख गर्दै बडापत्रमा नेपालको सार्वभौमिकतामा आँच आउने प्रावधान नभएको बताए। ‘आर्थिक समृद्धिको मुद्दामा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले बिम्स्टेक बल्ल जाग्दैछ, यसलाई हुर्काएर अघि बढाउन सक्यौँ भने नेपालको हित नै हुन्छ’, उनले भने।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयमा नेपालले बिम्स्टेकबाट लाभ लिन सक्ने बताए। उनले भूराजनीतिक स्वार्थबाट जोगिएर राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीय संगठनबाट मुलुकले लिन सक्ने लाभका बारेमा सरकारको ध्यान जानुपर्ने बताए।

नेपाली कांग्रेसका सांसद सीता मिजारले बिम्स्टेकबाट लाभ लिन सरकारले थप पहलकदमी लिनुपर्ने बताइन्। उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु विद्या भट्टराई, दीपा शर्मा, ईश्वरी घर्ती, सुनिता बराल, एकनाथ ढकाल, मनिष झा, गणेश पराजुली, सोविता गौतम, प्रदीप यादव, देवेन्द्र पौडेल, माधव सापकोटा, नारायणी शर्मा, पूर्णबहादुर घर्ती मगर, अब्दुल खान, प्रेम सुवाल, सोनु मुर्मू, विनिताकुमारी सिंह र दामोदर पौडेल ‘वैरागी’ले भाग लिए।

नेपालको संविधानको धारा, २७९ को (१) मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन संघीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ। नेपालको सन्धि ऐन, २०२७ को दफा ४ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले बडापत्र अनुमोदनका लागि संघीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। सरकारले सोही व्यवस्थाअनुसार बिम्स्टेक बडापत्र अनुमोदनका लागि संसद्मा पेस गरेको हो।

आर्थिक उन्नयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व र कनेक्टिभिटी जस्ता मुद्दामा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले सन् १९९७ मा बिम्स्टेकको गठन भएको थियो। बंगालको खाडी क्षेत्रमा रहेका पाँचवटा दक्षिण एसियाली राष्ट्र र दक्षिण पूर्वी एसियाली क्षेत्रका दुई राष्ट्रको संगठन हो। बिम्स्टेकमा बंगलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । नेपाल सन् २००४ मा बिम्स्टेकको सदस्य बनेको हो।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २१ गते बुधबार बिहान ११ बजे बस्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: