काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपनिर्वाचनअन्तर्गत इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको सामु अरू अरु सबै उम्मेदवार बच्चा रहेको बताएकाक छन् । मङ्गलबार काठमाडौंमा पत्रकारहरूसँगको साक्षात्कारमा उनले थेगिमले जित्ने दाबी गर्दै यस्तो बताएका हुन् ।
“इलाम २ मा गत स्थानीय निर्वाचनमा धरानमा देखिएको इतिहास दोहोरिन्छ । त्यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले जित्छन् । उहाँलाई मैले पनि समर्थन गरेको छु,” उनले भने ।
उनले अरु उम्मेदवारलाई ‘बच्चा’ को संज्ञा दिए । “अरु त सबै उम्मेदवार बच्चा छन् । आज एउटा पार्टीमा, भोलि अर्कै पार्टीमा, पछि जिते भने पनि रिजाइन हान्दिन्छन् बढी टेन्सन भएपछि । फेरि राजनीति आउनु भनेकै गाली खानु हो,” उनले थपे ।
हर्कले थेगिमले जित्ने दुईवटा आधार भएको बताए । “पहिलो त उहाँले पहिचानको मुद्दा उठाउनुभएको छ । पहिचान भनेको संस्कृति हो र समाज भनेको संस्कृतिसहितको मान्छेको समूह हो । यसरी हेर्दा समाजमा पहिचान हुनुपर्छ । अर्को कुराचाहिँ उहाँ परिपक्व पनि हुनुहुन्छ,” उनले भने ।
नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ पनि बच्चा हुन् ? भनेर गरिएको प्रतिप्रश्नमा उनी भन्छन्, “उहाँले अझै १० वर्ष प्राक्टिस गर्नुपर्छ अनि मात्रै फिल्डमा आउँदा राम्रो हुन्छ । उहाँको बुवालाई पो जितायो त इलामले पटक पटक । अब त्यसो भन्दैमा छोरालाई पनि जिताउने भन्ने नै हुँदैन । बुवाले जे गर्यो, त्यो छोराले पनि गर्छ भन्ने नै हुँदैन । सबैको आआफ्नो ट्यालेन्ट हुन्छ ।”
उनले जनता धेरै परिवर्तन भइसकेको ठोकुवा गरे । “पब्लिक पहिलेजस्तो छैनन् । स्वाभाविकरूपमा जनता परिवर्तन चाहन्छन् र उनीहरू परिवर्तन पनि भइसकेका छन्,” आफू पनि जनतामा आएको परिवर्तनकै कारण जितेको उल्लेख गर्दै उनले भने, “दलहरूको सञ्जाल तोडेर आएकाहरूले मात्रै काम गर्न सक्छन् ।”
इलाम २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा थेगिमले स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई पहिचानवादी सङ्घसंस्थाहरूले समर्थन जनाएका छन् ।
यस्तै त्यहाँ नेकपा (एमाले) का तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् भने नेकपा (माओवादी केन्द्र) का धीरेन्द्र शर्मा तिम्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई उम्मेदवार छन् ।
यसबाहेक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरूले भने उम्मेदवार छानेका छैनन् ।
गत संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ । यसपछि वैशाख १५ मा उपनिर्वाचन हुने भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: