Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

उपनिर्वाचनः इलाम २ मा डकेन्द्रसिंह थेगिमका सामु अरु सबै उम्मेदवार बच्चा हुन्ः हर्क सम्पाङ

खबरडबली संवाददाता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपनिर्वाचनअन्तर्गत इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको सामु अरू अरु सबै उम्मेदवार बच्चा रहेको बताएकाक छन् । मङ्गलबार काठमाडौंमा पत्रकारहरूसँगको साक्षात्कारमा उनले  थेगिमले जित्ने दाबी गर्दै यस्तो बताएका हुन् । 

“इलाम २ मा गत स्थानीय निर्वाचनमा धरानमा देखिएको इतिहास दोहोरिन्छ । त्यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले जित्छन् । उहाँलाई मैले पनि समर्थन गरेको छु,” उनले भने ।
उनले अरु उम्मेदवारलाई ‘बच्चा’ को संज्ञा दिए । “अरु त सबै उम्मेदवार बच्चा छन् । आज एउटा पार्टीमा, भोलि अर्कै पार्टीमा, पछि जिते भने पनि रिजाइन हान्दिन्छन् बढी टेन्सन भएपछि । फेरि राजनीति आउनु भनेकै गाली खानु हो,” उनले थपे ।


हर्कले थेगिमले जित्ने दुईवटा आधार भएको बताए । “पहिलो त उहाँले पहिचानको मुद्दा उठाउनुभएको छ । पहिचान भनेको संस्कृति हो र समाज भनेको संस्कृतिसहितको मान्छेको समूह हो । यसरी हेर्दा समाजमा पहिचान हुनुपर्छ । अर्को कुराचाहिँ उहाँ परिपक्व पनि हुनुहुन्छ,” उनले भने ।

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ पनि बच्चा हुन् ? भनेर गरिएको प्रतिप्रश्नमा उनी भन्छन्, “उहाँले अझै १० वर्ष प्राक्टिस गर्नुपर्छ अनि मात्रै फिल्डमा आउँदा राम्रो हुन्छ । उहाँको बुवालाई पो जितायो त इलामले पटक पटक । अब त्यसो भन्दैमा छोरालाई पनि जिताउने भन्ने नै हुँदैन । बुवाले जे गर्‍यो, त्यो छोराले पनि गर्छ भन्ने नै हुँदैन । सबैको आआफ्नो ट्यालेन्ट हुन्छ ।”

उनले जनता धेरै परिवर्तन भइसकेको ठोकुवा गरे । “पब्लिक पहिलेजस्तो छैनन् । स्वाभाविकरूपमा जनता परिवर्तन चाहन्छन् र उनीहरू परिवर्तन पनि भइसकेका छन्,” आफू पनि जनतामा आएको परिवर्तनकै कारण जितेको उल्लेख गर्दै उनले भने, “दलहरूको सञ्जाल तोडेर आएकाहरूले मात्रै काम गर्न सक्छन् ।”

इलाम २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा थेगिमले स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई पहिचानवादी सङ्घसंस्थाहरूले समर्थन जनाएका छन् ।

यस्तै त्यहाँ नेकपा (एमाले) का तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् भने नेकपा (माओवादी केन्द्र) का धीरेन्द्र शर्मा तिम्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई उम्मेदवार छन् ।

यसबाहेक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरूले भने उम्मेदवार छानेका छैनन् ।

गत संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ । यसपछि वैशाख १५ मा उपनिर्वाचन हुने भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending