Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने रेशम चौधरीको चेतावनी

प्रधानमन्त्रीलाई भेट्न गए बालुवाटार बाहिर कुट्ने र हत्या गर्ने धम्की

खबरडबली संवाददाता

काठमाडौं । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले  प्रधानमन्त्रीलाई भेट्न गए बालुवाटार बाहिर कुट्ने र हत्या पनि गर्न सक्ने धम्की दिएका छन् । केन्द्रीय सदस्य रमेश विश्वकर्माले पत्रकार सम्मेलनमा चौधरीले आफुहरुको हत्या गर्ने धम्की दिएको बताएका हुन् ।

उनले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छौँ भन्दै कुट्ने र हत्या गर्ने धम्की दिएको दाबी गरेका छन्।  नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटिएपछि नेता विश्वकर्माको पत्रकार सम्मेलन आफूहरूको हत्या गर्नेसम्मको धम्की चौधरीबाट आएको बताए ।

उनले भने-'गठबन्धनको सरकारमा जाने नजाने भन्ने विषयमा हामीले तीन सदस्य वार्ता टोली बनाएका छौँ । त्यसमा दामोदर पण्डित पनि हुनुहुन्छ। सरकार गठनको विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न बालुवाटार जाने भन्दा उहाँले म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छौँ भन्नुभएको थियो।यो विवाद केन्द्रीय कमिटी र अनौपचारिक छलफलमा पनि सुरु भएको थियो। उहाँले यहाँभन्दा अगाडि २५-२५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ, अवैधानिक पत्र दिएर तीनलाई केन्द्रीय सदस्य त बनाउनुभयो। निर्वाचन आयोगमा अध्यावधिक गराउन त जानुभएन त्यहाँ पार्टी चुक्यो कि चुकेन त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएपछि उहाँहरूले भौतिक आक्रमण गरे।'

उनले आज भौतिक आक्रमण भएकोप्रति डर नभए पनि हिजो चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको सुनाए ।  उनले पार्टीका नेताहरुको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए।

उनले थपे-'हामी चार जना मात्रै नभई संस्थापक केन्द्रीय अध्यक्षसहित २१ जनाको यदि कसैले कुटपिट गर्‍यौ, कुनै दुर्घटनामा मृत्यु भयो या कुनै समूहले हत्या गर्‍यो भने त्यसको सम्पूर्ण जिम्मेवारी हिजो बोलेको वक्तव्य अनुसार रेशम चौधरीले लिनुपर्छ । म प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध गर्छु हाम्रो हत्याको कुरा छ यसलाई रिसियस रूपमा लिनुहोला ।' उनले नेता चौधरीले आफूले आवेशमा बोलेको भन्दै माफी समेत मागेको बताए।

उनले भने -'वेशमा बोलेको कुरा हो भने आज सुनियोजित ढंगले उहाँले भौतिक आक्रमण गराउनुभयो भने त्यो हिजो बोकेको कुराको सुरुआत हो कि भन्ने लागेर बोकेका हौँ।' उनले बाहिरबाट ढोकामा चुक्कुल लगाउनुको साथै केन्द्रीय सदस्यबाहेकका मान्छेहरू पनि भएकाले चौधरीकै निर्देशनमा आफूहरूमाथि आक्रमण भएको जिकिर गरे।

उनले अध्यक्ष रञ्जिता श्रेष्ठ आक्रमण भएको करिब ३० मिनेटपछि मात्रै आइपुगेको बताउँदै गराउँदै सबै जानकारी गराइसकेको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending