Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

हात्तीको आक्रमणबाट झापामा महिलाको मृत्यु

खबरडबली संवाददाता

झापा ।  जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो ।

छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए। 

लिम्बू परिवार केही वर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जङ्गल हातामा कटेरो बनाई बस्दै आएका थिए । वर्ष दिनअघि सोही बस्तीमा  हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो । जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् ।

 यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छभने सात जना घाइते भएका डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्ल आदेश

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्। यसअघि कानुन व्यवसायीहरूले दर्...

मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्छ: सांसद ओली

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँ...

धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

फिदिम। सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सो...

पर्चा प्रदर्शन नगर्न सभामुखको निर्देशन, ‘मर्यादामा बसेर विरोध गर्नुस्’

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन्। श्रम संस्कृति पार्ट...

संसद बैठकमा श्रम संस्कृति पार्टीले गर्याे पर्चा बोकेर विरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु गरेलगत्तै श्रम संस्कृति पार...

मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक बस्न सक्ने व्यवस्था हुँदै

काठमाडौं । प्रतिनिधिसभाको नियमावली संशोधनमार्फत मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको छ। सोमबार बस्न...

बनेपास्थित सुकुमबासी होल्डिङ सेन्टरको संसदीय टोलीद्वारा निरीक्षण

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नेतृत्वमा सोमबार बनेपा मा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। ...

सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए - खोटाङ पूर्वी तराईसँग सीधा यातायात सम्पर्कबाट विच्छेद

खोटाङ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी अस्था...

फलफूलको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादी...

खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयमा खुसीयाली

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–३ को वडा केन्द्र खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । केही दिनअघि निर्माण सम्पन्न भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending