Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

वालिङमा मृतकका आफन्तले पाए क्षतिपूर्ति

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै रु दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् ।

विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म आप्रवासी स्रोत उपकेन्द्रमा नौ मृतकका आफन्तले क्षतिपूर्तिको सहजीकरणका लागि निवेदन दिएकामा प्रक्रिया पूरा गरी नौजनाकै समस्या समाधान गरिएको परामर्शकर्ता भुसालले बताए।

मृतकका आफन्तलाई रु एक करोड ७३ लाख छ हजार क्षतिपूर्तिबापत रकम उपलब्ध गराइएको हो । त्यस्तैगरी, ठगीसम्बन्धी तीन समस्यामध्ये एउटा समाधान गरी रु सात लाख फिर्ता गराइएको होभने दुईजनाको प्रक्रियामा रहेको छ ।

पासपोर्ट होल्ड, भिसा चेक, परिवार तथा कामदार बिरामीजस्ता विभिन्न समस्यामा परेका १९ उजुरीमध्ये आप्रवासी स्रोत उपकेन्द्रमार्फत प्रक्रिया थाली पाँचवटा समाधान भएको उहाँले बताए । पाँचवटा समस्याको समाधान गर्दा रु दुई लाख पाँच हजार आर्थिक सहायता उपलब्ध गराइएको हो । बाँकी १४ वटा समस्या समाधानका लागि प्रक्रियामा रहेका छन् ।

इलाका प्रशासन कार्यालय वालिङमा राहदानीका लागि आएका व्यक्तिले साउनदेखि पुससम्म सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० बाट तीन हजार ५० जनाले परामर्श लिएका हुन् । सामी कार्यक्रममार्फत मुख्यगरी सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए ।

“इलाका प्रशासन कार्यालय वालिङमा राहदानी बनाउन आएका व्यक्तिहरुको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरिहत बनाउनका लागि सामी कार्यक्रममार्फत परामर्श दिन्छौँ”, उहाँले भन्नुभयो, “परामर्श लिएर वैदेशिक रोजगारीमा जाँदै गर्दा धेरै सहज भएको बुझाइ हाम्रो छ ।”

आप्रवासी स्रोत केन्द्र वालिङमा परामर्श लिनेहरु दैनिकजसो आउने गरेका छन् । इलाका प्रशासन परिसरमै रहेको उक्त केन्द्रमार्फत परामर्श लिने बढ्दै गएका छन् । आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनेमा छ महिनामा पुरुष एक हजार छ सय २२ र महिला एक हजार चार सय २८ रहेका उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै वालिङ नगरपालिकाका व्यक्तिहरुलाई परामर्श दिइएको छ । वालिङका कूल नौ सय ८६ जनाले परामर्श लिएका छन् । 

यसैगरी, गल्याङ नगरपालिकाका छ सय २८, चापाकोट नगरपालिकाका पाँच सय २७, कालीगण्डकी गाउँपालिकाका चार सय ३६, हरिनास गाउँपालिकाका एक सय ६२, भिरकोट नगरपालिकाका एक सय ६१, बिरुवा गाउँपालिकाका एक सय ४५, आँधीखोला गाउँपालिकाका दुई, पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक–एक जनालाई स्रोतकेन्द्रमार्फत परामर्श दिइएको हो ।

नेपाल सरकार र स्विटजरल्यान्ड सरकारबीच द्विपक्षीय सम्झौता भई सामी कार्यक्रम सञ्चालनमा रहेको छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुने लक्ष्य यस कार्यक्रमले राखेको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending