Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

चार ‘लेन’को महाकाली पुल निर्माणको अन्तिम चरणमा

खबरडबली संवाददाता

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत रु आठ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिए । 

इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए । 

“भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ”, उनले भने, “ गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।” उनले आठ दशमलव छ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए। 

“रकम अभावलगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भने। पुलको लागत रु तीन अर्ब ६६ करोड हो । 

पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा । झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ ।  कोशी प्रदेशका १४ जिल्...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना- एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् । लिम...

सर्वदलीय बैठक : इलाम-२ को ११ बजेबाट मतगणना सुरु गर्ने सहमति

काठमाडौं । इलाम २ को मतगणना ११ बजेबाट सुरु गर्ने सहमति भएको छ । बिहान बसेको सर्वदलीय वैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।  बैठकमा सह...

बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा परेको ...

लु्म्बिनीमा अत्यधिक गर्मी, विभागको आग्रह- घरबाहिर ननिस्कनू

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प...

लगानीका निम्ति यी २० परियोजनाका लागि गरिँदैछ आशयपत्र आह्वान

काठमाडौं। आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ। आयोजना पहिचान भएर ...

वेस्टइन्डिज ए सँग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । वेस्टइन्डिज ए सँग नेपालले दोस्रो टी-२० खेलमा आज खेल्दैछ । खेल दिउँसो १२:१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।  पहिलो खेलमा...

बझाङको तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

काठमाडौं । बझाङमा ९३ मतदान केन्द्र मध्ये ९० मतदान केन्द्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको छ । सदरमुकामबाट निकै टाढा रहेको साइपाल गाउँपालिकाका ३...

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।  ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सड...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies