Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

फर्किएन महामारीले खोसेको कैदीबन्दीको रोजगारी

खबरडबली संवाददाता

झापा । कोभिड–१९ को महामारीले बन्दाबन्दी निम्त्याउनु अघिसम्म झापा कारागारभित्र सीप भएकाहरु कोही पनि खाली हात बस्दैन थिए ।  कैदीबन्दी दिनभर कोही बाँसका भाटा खुर्किन्थे भने कोही मुडा बुन्थे । तानमा कपडा बुनेर उनीहरु ढाकाको टोपी पनि बनाउँथे । कारागारमा बनेका सामान बजारमा हारालुछ बिक्री हुन्थ्यो ।

तर, चार वर्षयता त्यहाँको परिदृश्य फरक छ । साँझ छ बज्नु अगावै कारागारका कैदीबन्दी खाना खाइसकेर हाजिरीका लागि लाइनमा उभिन्छन् । चार दिशाको अग्लो पर्खालभित्र उनीहरु दिनभरि साथीसँग गफिएर समय बिताउन बाध्य छन् । यो क्रम हरेक दिन दोहोरिने गर्छ ।

बितेको चार वर्षमा  कारागारमा एउटा पनि तान ९कपडा बुन्ने हाते मेसिन० चलेको छैन । एउटा पनि ढाकाको टोपी बुनिएको छैन । कोरोना महामारीपछि ठप्प ढाकाटोपी उद्योग पुनःसञ्चालनको वातावरण बन्न नसकेको कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावती बताए ।

“उसबेला कारागारभित्र ढाका बुन्ने घरेलु उद्योग चल्थ्यो, अहिले सबै बन्द छ”, उनले भने “कैदीबन्दी साथीहरुसँग भएको सीप खेर गइरहेको छ । उनीहरुको रोजगारी पनि गुम्यो । रोजगारीको अवसर फेरि ब्युताउने वातावरण अझै बन्न सकेन ।”

अनेक प्रयास गरेर केही महिना अघिदेखि बाँसका मुडा बनाउने उद्यम भने सुरु गरिएको जनाउँदै बजारबाट माग आएमा ढाकाको टोपी बुन्ने उद्योग पनि सञ्चालन गर्न सकिने बताए ।

चार वर्ष अघिसम्म लगभग पाँच सय कैदीबन्दीले मुडा बुन्ने उद्योगमा रोजगारी पाएका थिए । कोरोना महामारीपछि बल्लतल्ल खुलेको उक्त उद्योगमा अहिले डेढ सय जनाले मुडा बनाउने काम पाएका छन् । बजारमा मुडाको बजार सुस्ताएका कारण माग कम आउने गरेको लावती बताए ।

कारागारमा निर्मित बाँसका मुडा विर्तामोडका व्यवसायीले प्रति थान न्यूनतम रु दुई सय ४० का दरले किनेर लैजाने गरेका छन् । चार वर्षअघि यही सामानले तीन सय ५० को भाउ पाउने गरेको थियो । मुडा बनाउनका लागि कैदीबन्दीले एक सय थान बाँसको सिन्का खुर्किदा रु १० पारिश्रमिक पाउने गरेका छन् । साइकलको टायर काट्ने र सिलाउने काममा पनि उनीहरुले मनग्य ज्याला पाउने
गर्छन् ।

बाँसका मुडासहितको कलात्मक डाइनिङ टेबुल कैदीबन्दीले निर्माण गर्दै आएका छन् । यसरी बुनिएको एउटा डाइनिङ टेबलसहित मुडा सेट रु २५ हजारसम्ममा बजारमा बिक्री हुने गरेको छ । “चाहिने कच्चापदार्थ उपलब्ध गराइएपछि कैदीबन्दीले त्यसबाट मुडा बनाएर पारिश्रमिक लिने गरेका छन् ।”, लावतीले बर्ताए ।

भद्रपुर–८ मा रहेको ५० वर्ष पुरानो झापा कारागारमा क्षमताभन्दा लगभग तेब्बर कैदीबन्दी रहँदै आएका छन् । कलबलगुढीको फराकिलो स्थानमा स्थानान्तरण गर्ने विषयमा चर्चा हुने गरेता पनि हालको कारागार क्षेत्र ज्यादै साँघुरो छ । पछिल्लो समय कारागारभित्र नयाँ भवन बनेका कारण उनीहरुको बसाइलाई सहज बनाउने प्रयास गरिएको छ ।

कारागारमा हाल एक हजार पाँच सय ३१ पुरुष, ९४ महिला र दुई बालिबालिका गरी एक हजार छ सय २७ कैदीबन्दी रहेका छन् । महिला र पुरुषलाई राखिने आवासगृह अलग भवनमा छ । महिला बन्दी गृहभित्र मुडा बुन्ने लगायतका कुनै पनि रोजगारमूलक उद्यमको अवसर छैन । मुडा बनाउने उद्यम पुरुष बन्दीका लागि मात्र उपलब्ध हुने गरेको छ ।

राज्यले हरेक कैदीबन्दीलाई सिदावापत दैनिक रु ८० र सात सय ग्राम चामल उपलब्ध गराउँदै आएको कारागारका प्रमुख रेवन्त भट्टराईले बताए । उनीहरुको नियमित स्वास्थ्य परीक्षणका लागि एक जना अहेब तहका सरकारी स्वास्थ्यकर्मी र स्वास्थ्य नेपाल नामक गैरसरकारी संस्थाका अर्का एक जना स्वास्थ्यकर्मी कारागारमा रहने बताए।

“खानाका लागि राज्यले सिदावापत नगद र चामल पन्ध्र पन्ध्र दिनमा एकमुष्ठ उपलब्ध गराउँदै आएको छ,” उनले भने“त्यसबाहेक कारागारभित्रै सञ्चालन हुने उद्यममा शिप र श्रमको उपयोग गरेर अतिरिक्त आम्दानी गर्न सक्ने ।”

कारागारभित्र चार वर्ष अघि ५० वटा नियमित रुपमा तान चल्दा ढाकाटोपीको व्यापार फस्टाउने गरेको थियो । त्यहाँ बुनिएको ढाकाको आकर्षक टोपी दमक, काठमाडौं र यूरोपसम्म पुग्ने गरेको कारागारका आन्तरिक प्रशासन प्रमुख लावतीले जानकारी दिए। ढाकाटोपीको व्यापार फेरि चलाउन बाहिरबाट माग आउनुपर्ने हुँदा हाल त्यसको खोजी भइरहेको उनले बताए।

कारागारभित्रका मेस (सामूहिक भान्सा) मा पनि ४० जना कैदीबन्दीले रोजगारी पाइरहेका छन् । कारागारभित्र सामूहिक भान्साको प्रचलन छ । त्यहाँ खाना पकाउने र भाडावर्तन पखाल्ने कार्य गर्नेहरुले मासिक रुपमा न्यूनतम तीन हजार कमाउने गरेका छन् ।

परिवार पाल्नुपर्ने दायित्व भएका आर्थिक रुपमा विपन्न कैदीबन्दीलाई उनीहरुको माग अनुसार सामूहिक भान्सामा रोजगारी दिइने गरेको आन्तरिक प्रशासन प्रमुख लावतीले बताए । कैयन कैदीबन्दीले यसरी नै श्रम र सीप उपयोग गरेर आर्जन गरेको रकम परिवारको भरणपोषण र शिक्षामा लगाउने गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending