कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाले आजदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो ।
प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । आजदेखि प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा ढुवानी सुरु गरिएको बताउँदै दुई दिनसम्म त्यहाँ पुस्तक ढुवानी गरिने उनले बताए ।
त्यस लगतै अन्य जिल्लामा पुस्तक ढुवानी गरिने कार्यालय प्रमुख कुँवरले बताए । केन्द्रले शैक्षिक सत्र २०८१ का लागि हाल प्रदेशमा कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको उनले बताए ।
कक्षा १ देखि ४ सम्म निजी क्षेत्रले पुस्तक बिक्री वितरण गर्दै आएकोमा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक पनि २० प्रतिशत छुटमा बिक्री–वितरण गर्ने उनको भनाइ छ । कक्षा ११ र १२ का लागि भने पछिल्लो चरणमा पुस्तक बिक्री वितरण गरिने उनले बताए ।
प्रदेशभर १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक बिक्री–वितरण गर्ने कार्यालयले लक्ष्य लिएको उनले बताए । “बिक्री लक्ष्यको ८० प्रतिशत पुस्तक सेट यहाँ आइपुगेको छ,” उनले भने, “गोदाम अभाव छ । बाँकी २० प्रतिशत पुस्तक बिक्रीकै क्रममा ल्याउँछौँ ।”
चालु शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पुस्तक बिक्री–वितरण गरिएको उनले बताए । जनक शिक्षाले पुस्तक बिक्रीका लागि सुदूरपश्चिममा एक सय ६५ पुस्तक बिक्रेतालाई अनुमति दिएको जनाइएको छ ।
नयाँ शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पुस्तक पुग्ने दाबी गर्दै कार्यालय प्रमुख कुँवरले चालु शैक्षिक सत्रमा ३० करोडको पुस्तक बिक्री गरेकोमा आगामी शैक्षिक सत्रमा ३२ देखि ३५ करोडको पुस्तक बिक्री गर्ने लक्ष्य लिइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: