Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।  चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले  यस्तो बताएका हुन् । 

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्ने बताए ।  प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने बताए । “गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ”, प्रधानमन्त्री ‘प्रचण्ड’ले  भने, “दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण छ ।”

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए ।   ​

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपरासी सुस्तापूर्व । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।  डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर ...

कांग्रेस आफैले खोल्यो पूर्वाधार कार्यालय गौरमा लगाएको ताला

 रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।  सिडियो हिराल...

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

धुलिखेल ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए...

बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्...

इलाम २ को प्रारम्भिक गणनाः नेमकिपाले एक मत पाउँदा नेकपा एसको शून्य मत

काठमाडौं । इलाम-२ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् । कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले एक म...

झापामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

झापा  । झापामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्र...

बझाङमा एमालेका भण्डारीलाई पछ्याउँदै कांग्रेस

काठमाडौं । बझाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १५७ मतसहित अगाडि रहेका छन् । उनलाई ने...

बलात्कार मुद्दामा ‘सिद्धबाबा’लाई झिकाउन उच्च अदालतको आदेश

विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ ।  पुनरावेदन निवेदनम...

उपनिर्वाचनः इलाम २ काे प्रारम्भीक मतपरिणाम सार्वजनिक, काँग्रेसका डम्बर खड्का अगाडि

इलाम । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ । यद्यपि निर्वाचन आयोगबाट भने आधिकारिक घोषणा हुन बाँकी छ ।  फाकफोक थुम १ र २ नम्बर ...

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।  काठमाडौंमा आज...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies