पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी : मन्त्री बस्नेत
चैत्र ८ गते, २०८० बिहिवार 21st March, 2024 Thu१३:५१:५४ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताएको छन् ।
जल तथा मौसम विज्ञान विभागको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआडी) तथा ‘इन्स्टिच्युट अफ हिमालय रिस्करिडक्सन’को सहकार्यमा आज यहाँ आयोजित ‘पूर्वसूचना प्रणालीसम्बन्धी सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उनले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए।
बाढीपहिरोलगायत मनसुनजन्य घटना दिनप्रतिदिन बढिरहेको भन्दै मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको विकासमार्फत विपद् व्यवस्थापन गर्न जरुरी रहेको स्पष्ट पारे। पछिल्लो समय जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्का घटना बढिरहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
“जलवायु परिवर्तन गराउन नेपालजस्ता विकासोन्मुख मुलुकको नगन्य भूमिका हुन्छ । धनी र औद्योगिक मुलुकका कारण हामीले जलवायु परिवर्तनको जोखिम भाग्नुपरेको अवस्था छ”, मन्त्री बस्नेतले भने, “जलवायु परिवर्तनको प्रभावका कारण बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढिरहेका छन् । अब कसरी समाधान वा कम गर्न सकिन्छ रु भन्ने विषयमा एउटा निष्कर्ष निकालेर अगाडि बढ्न जरुरी छ ।”
मनसुनजन्य गतिविधि, त्यसको प्रभावको अध्यायन तथा अवलोकन गर्ने, सम्भावित जोखिमका विषयमा पूर्वानुमान गर्ने र सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । पूर्वसूचना प्रणालीलाई सबै जनताको पहुँचमा पुर्याउन सकेमा बाढीपहिरोलगायत घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा उनले जोड दिए।
“विपद्जन्य घटना, बाढीपहिराका कारण बर्सेनि सयौँको ज्यान गइरहेको छ भने भौतिक क्षति पनि भइरहेको छ”, मन्त्री बस्नेतले भने, “पूर्वसूचना प्रणालीलाई व्यवस्थित गरेर सबैको पहुँचमा पुर्याउन सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ । यस कार्यशाला गोष्ठीमा पूर्वसूचना प्रणालीको सिकाइ आदानप्रदान गरेर थप व्यवस्थित गर्न सकियोस् ।” आगामी दिनमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ नयाँ आयाम थपिनेमा उहाँले विश्वास व्यक्त गरे।
मन्त्री बस्नेतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि नेपालले न्यूनीकारणका कार्यक्रमभन्दा जलवायुका अनुकूलनका कार्यक्रमलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।
जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले मनसुनजन्य विपत्तिका कारण मलुककै अर्थतन्त्र प्रणालीमा असर गर्नसक्ने भन्दै क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे।“बाढीपहिरोलगायत विपद्का कारण बर्सेनि समस्या उत्पन्न भइरहेको छ । जनधनको क्षतिका साथै पूर्वाधार, पर्यटन, कृषि, जैविक विविधताको क्षेत्रमा असर पुगेको छ”, उनले भने, “समयमा नै मनसनुजन्य घटनाको पूर्वसूचना दिनसके सम्भावित क्षति कम गर्न सकिन्छ ।”
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले विपद्का घटना न्यूनीकरण प्रभावकारीरुपमा अगाडि बढाउन पूर्वसूचना प्रणाली जरुरी रहेको बताए । “पूर्वसूचना प्रणालीका लागि १ अमेरिकी डलर खर्च गर्न सक्यौँ भने बाढी पहिरोबाट १० अमेरिकी डलर बचाउन सकिन्छ”, उनले भने, “पूर्वसूचनाबाट सर्वसाधारणलाई फाइदा पुग्नेगरी काम गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।”
राष्ट्रिय जोखिम न्यूनीकरण तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्लो समय बाढीका कारण जलविद्युत् आयोजना तथा पूर्वाधारमा क्षति पुग्दा मुलुकको अर्थतन्त्रमा असर गरेकाले क्षति न्यूनीकरणबारे ठोस योजना बनाउने तयारी भइरहेको जानकारी दिए । “मनसुनजन्य जोखिम बढी भएको अन्य क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विकास गरेर अगाडि बढ्न जरुरी छ । सबै सरोकारवाला निकायसँग यस विषयमा छलफल गरिरहेका छौँ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...
प्रतिकृया लेख्नुहोस्: