Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

चार दिनदेखि कुश्माबजार अन्धकार

खबरडबली संवाददाता

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युत्को बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडक बत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका हुन् ।

वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडकबत्ती गत सोमबार काटिदिएको हो । नगरपालिकाले विसं २०७५ देखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य एकाइलगायत ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ ।

नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायतको महसुल रकम पटकपटक माग गर्दा पनि भुक्तानी नपाएपछि लाइन काट्नुपर्ने बाध्यता भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले रू ७४ लाख २० हजार रकम प्राधिकरणलाई बुझाउन बाँकी छ ।

बक्यौता रकम बुझाउन पटक–पटक ताकेता गरे पनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रूपमा बिजुली काटिएको सुवेदीले बताए। “महसुल नबुझाएसम्म काटिएका बत्ती जोड्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब प्रत्येक सडकबत्ती र नगरको स्वामित्वमा रहेका कार्यालयमा मिटरबक्स राखेर मात्र विद्युत् लाइन जडान गर्नेछौँ ।”

कुश्मा नगरपालिका र विद्युत् प्राधिकरणबीच पाँच वर्षअघि सडकबत्ती राख्ने सम्झौता भएको थियो । सम्झौताअनुसार सडकबत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ । कुश्मा–४, ५, ६, ७, ८ र ९ तथा वडा नं २ का केही भागका करिब एक सय ५० भन्दा बढी ठाउँमा सडकबत्ती विस्तार गरिएको थियो । 

गत असोज १० गते सम्पन्न दशौँ नगरसभाले विद्युत् महसुल भुक्तानीका लागि रू ६५ लाख विनियोजन गरेको भए पनि प्रमुख प्रशासकीय अधिृकत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप छ । प्राधिकरणले लाइन काटेका सडकबत्ती बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुन: जडान गरिने लेखा प्रमुख सुवेदीले जानकारी दिए । 

रातमा सडकबत्ती नबल्दा बजार क्षेत्रमा चोरी डकैतीलगायत आपराधिक गतिविधि बढ्ने खतरा भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । विशेषगरी बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतमा चोरीडकैती तथा अन्य आपराधिक गतिविधि बढ्ने भएकाले बजारको सुरक्षाका लागि सडकबत्ती अत्यावश्यक भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले बताए। उनले काटिएको विद्युत् लाइन पुन: जडान गर्नेबारेमा समन्वय भइरहेको बताए। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएकाले महसुल भुक्तानी रोकिएको बताए। उनले अहिले आधा रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए ।

बजेट व्यवस्थापन गर्ने समयसम्म विद्युत् नकाट्न अनुरोध गरेको भए पनि वितरण केन्द्रले काटिदिएको भन्दै रकम भुक्तानी र नयाँ सम्झौताका लागि पहल भइरहेको प्रमुख प्रशासकीय अधिकृत तिवारीले दाबी गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending