काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रस (ब्रडर्र) पर्यटन) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।
८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसार तथा नेपाली व्यवसायीसंग अन्तरक्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का पदाधिकारीहरुसंग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । (इथवा) को आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडिमा ८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) हुन लागेको छ ।
सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जलिङ्ग, सिक्किम लगायतका क्षेत्रबाट पूर्वि नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार प्रसार र सहजिकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए ।
बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बर्डर पर्यटनलाई जोड दिंदै नेपाल भारत समिा क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरत्रिया र सहकार्यलाई जारी राख्नु पर्नेमा जोड दिए ।
इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का अध्यक्ष देवासिश मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए ।
यस्तै (इथवा) का महासचिव सन्दिपन घोषले सिलगुडिमा आयोजना हुन लागेको बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) मा नेपालको सहभागिताले नेपालको पर्यटन पर्वद्धनमा सहयोग पुग्ने बताए ।
यो टोलीले काठमाण्डौं वरपरका चन्द्रगिरी, नगरकोट तथा पोखरा र चितवन लगायतका पर्यटकीय स्थलको भ्रमण तथा ती स्थानहरुमा व्यवसायीहरुसंग अन्तरक्रिया गरि फर्किने इथवाको साहसिक पर्यटन संयोजक डा. दाबा शेर्पाले जानकारी दिए ।
गतवर्ष नेपालको कोशि प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच गतवर्ष झापामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो । सोही अनुरुप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरको टोली नेपाल आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: