काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको निक्षेप अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको प्रसंगमा संसदीय छानबिन समिति बन्न नसक्ने बताएका छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सहकारीको रकम अपचलनबारे संसदीय समिति बन्न सम्भव नभएको बताएका हुन् । ‘संसदीय समिति केका लागि बन्नेरु त्यो सम्भवै छैन,’ अध्यक्ष ओलीले भने। सरकारबाट बाहिरिनेबित्तिकै नेपाली कांग्रेसले आवेश उत्तेजना देखाउन नहुने उनले बताए।
‘अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ। सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, आवेग देखाउने, प्रतिशोधी खालका क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्नेजस्तो क्रियाकलाप गर्नु हुँदैन। हामी कांग्रेसबाट जिम्मेवार प्रतिपक्षीको भूमिको अपेक्षा गर्छौं।आग्रह पनि गर्छौं,’ उनले भने।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले पोखराको सूर्योदय वचत तथा ऋण लगायत सहकारीको निक्षेप अपचलनबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको थियो।
प्रधानमन्त्री प्रचण्डले सूर्योदय वचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा गृहमन्त्री लामिछानेमाथि अनुुसन्धान नै गर्नु नपर्ने प्रहरीको ब्रिफिङ रहेको जबाफ दिएका थिए। तर कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: