काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको निक्षेप अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको प्रसंगमा संसदीय छानबिन समिति बन्न नसक्ने बताएका छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सहकारीको रकम अपचलनबारे संसदीय समिति बन्न सम्भव नभएको बताएका हुन् । ‘संसदीय समिति केका लागि बन्नेरु त्यो सम्भवै छैन,’ अध्यक्ष ओलीले भने। सरकारबाट बाहिरिनेबित्तिकै नेपाली कांग्रेसले आवेश उत्तेजना देखाउन नहुने उनले बताए।
‘अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ। सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, आवेग देखाउने, प्रतिशोधी खालका क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्नेजस्तो क्रियाकलाप गर्नु हुँदैन। हामी कांग्रेसबाट जिम्मेवार प्रतिपक्षीको भूमिको अपेक्षा गर्छौं।आग्रह पनि गर्छौं,’ उनले भने।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले पोखराको सूर्योदय वचत तथा ऋण लगायत सहकारीको निक्षेप अपचलनबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको थियो।
प्रधानमन्त्री प्रचण्डले सूर्योदय वचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा गृहमन्त्री लामिछानेमाथि अनुुसन्धान नै गर्नु नपर्ने प्रहरीको ब्रिफिङ रहेको जबाफ दिएका थिए। तर कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: