Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

काभ्रेका अठार स्थानमा आगलागी हुँदा सातजना घाइते

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ । पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् भने सात जना घाइते भएका छन् ।

आगलागीमा परी गम्भीर घाइते दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीमा परी गम्भीर घाइतेको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । यस्तै ती आगलागीमा रु १२ लाख ५० हजार क्षति भएको छ । विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झण्डै ४४ घण्टासम्म खटाइएको प्रहरीको भनाइ छ । 

आइतबार एकैदिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भए । घटनामा एक जना गम्भीर घाइते भए । महाभारत गाउँपालिका–२ मूलडाँडाका सञ्चार घिसिङको कच्ची एकतल्ले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र  रु एक लाख पाँच हजारसमेत गरी  तीन लाख बराबरको क्षति भएको थियो । सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाइते भएका र हाल उनी अस्पतालमा उपचाररत रहेका छन् । 

यस्तै पनौती नगरपालिकालिका–३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जङ्गलमा आगो लगेको थियो । सो आगलागी स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

भुम्लु–१ कात्तिके वन टोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो । सोही स्थानमा रहेको गोठसमेत आगो लागेर नष्ट भयो । खानीखोला–७ मोरङबेँशीस्थित निजी पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ–जस्ताले बनेको टहरो जलेको छ । 

सोही दिन बेथानचोक–४ मा बेथानखोला सामुदायिक वनमा आगलागी भएको थियो । बनेपा–१४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल–३ स्थित सर्वमङ्गला माध्यमिक विद्यालयको हाताभित्रको भएको आगलगी  स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोटबिरुवाका साथै वन्यजन्तु विस्थापित भएको अनुमान गरिएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएका थिए । विगतका वर्षको तुलनामा यसवर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ । 

गत फागुन २६ गते पनौती नगरपालिका–५ स्थिल छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी हुँदा पाँच रोपनी सामुदायिक वनमा क्षति पुग्यो । भोलिपल्ट बनेपा नगरपालिका–१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यू परालसमेत जलेको थियो । साथै गत फागुन २८ गते तेमाल गाउँपालिका९७ लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो । त्यहाँ करिब सात रोपनी सामुयदायिक वन क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत फागुन २९ गते चौरीदेउराली गाउँपालिका–५ देउपोखरे सामुदायिक वनमा आगलागी हुँदा छ रोपनी सामुयदायिक वन क्षति भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट हुँदा करिब रु ५० हजार क्षति भएको छ । गत फागुन ३० गते बनेपा–१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट सात रोपनी सामुयदायिक वन जल्यो ।

यसैगरी गत बिहीबार नमोबुद्ध नगरपालिका–८ कुश्मती जङ्गलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भएको छ । सोही दिन भुम्लु गाउँपालिक–८ को जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । त्यहाँ अन्दाजी ६ रोपनी सामुदायिक वनमा क्षति पुगेको छ । 

साथै शुक्रबार नमोबुद्ध–५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो । 

शनिबार महाभारत–७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहर जलाउने क्रममा हावाहुरी चल्दा नजिकैको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षति भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमासमेत आगो लाग्यो । 

सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानीनोक्सानी र कानुनी व्यवस्थाबारे प्रचारप्रसारसमेत गर्दै आएको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending