Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

एमाले सल्यानको अधिवेशन चैत्र १८ देखि, ३६५ प्रतिनिधी सहभागि हुँदै

खबरडबली संवाददाता

सल्यान  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानले यहि चैत्र १८, १९ र २० गतेका लागि दशौँ जिल्ला अधिवेशनको मिति तय गरेको छ । सोमबार खलंगा स्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको मिति तय गर्दै प्रतिनिधी छनौटको लागि आवश्यक निर्णय गरेको हो ।

दशौँ जिल्ला अधिवेशनमा जिल्लाभरबाट करिव ३६५ प्रतिनिधी छनौट भएर आउने एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए । पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन कार्यविधि, २०८० बमोजिम प्रचिनिधी संख्याको टुंगो लगाएको हो । प्रतिनिधी छनौटको निर्वाचन क्षेत्र भुगोलमा वडालाई र समावेशी प्रतिनिधीको लागि पालिकालाई बनाइएको पार्टी सचिव बुढाथोकीले बताए । उनका अनुसार खुला तर्फ २० जना संगठित सदस्य बराबर एक जना र दलित तर्फ १५ जना सदस्य बराबर एक जना सदस्य छनौट भएर आउनेछन् । जसमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

अधिवेशन सफलता पूर्वक सम्पन्न गर्नका लागि बैठकले विभिन्न उपसमितीहरु पनि गठन गरेको छ । जिल्ला अध्यक्ष गोविन्द पुनको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष भिम बहादुर सेनको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उपसमिति गठन गरिएको छ । यस्तै जिल्ला सचिव ओज बहादुर बुढाथोकीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उप सचिव दान बहादुर केसीको संयोजकत्वमा आर्थिक तथा आवास व्यवस्थापन उपसमिति र अर्का उपसचिव पुस्पा वोहराको संयोजकत्वमा अतिथी सत्कार उपसमिति गठन गरिएको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठले अधिवेशन पश्चात पार्टी थप बलियो भएर जाने विश्वास व्यक्त गरे । उनले पार्टीलाई बलियोे राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि पार्टीको सङ्गठनात्मक जीवनलाई एकताबद्ध, सुव्यवस्थित र गतिशील बनाउनुपर्नेमा जोड दिए । यस्तै एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जिल्ला पार्टीलाई एकताबद्ध तरिकाले व्यवस्थीत रुपमा अघी बढाउन सहमतिको इमान्दार प्रयास गर्नुपर्ने बताए । जनताको बहुदलीय जनवादसंग सही दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति, संगठनको आधार रहेका भन्दै उनले नेपालको राजनीतिमा एमालेको विकल्प नरहेको दाबी गरे ।

बैठकमा पालिका कमिटीका अध्यक्षहरुले हाल सम्मको अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए । नेकपा एमालेको विधानमाको धारा ३६ मा भएको व्यवस्था बमोजिम जिल्ला अधिवेशनले अध्यक्ष– १, उपाध्यक्ष– १, सचिव– १, उपसचिव २ जना चयन गर्नेछ । पदाधिकारीमा एक महिला अनिवार्य गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending