Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

एमाले सल्यानको अधिवेशन चैत्र १८ देखि, ३६५ प्रतिनिधी सहभागि हुँदै

खबरडबली संवाददाता

सल्यान  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानले यहि चैत्र १८, १९ र २० गतेका लागि दशौँ जिल्ला अधिवेशनको मिति तय गरेको छ । सोमबार खलंगा स्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको मिति तय गर्दै प्रतिनिधी छनौटको लागि आवश्यक निर्णय गरेको हो ।

दशौँ जिल्ला अधिवेशनमा जिल्लाभरबाट करिव ३६५ प्रतिनिधी छनौट भएर आउने एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए । पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन कार्यविधि, २०८० बमोजिम प्रचिनिधी संख्याको टुंगो लगाएको हो । प्रतिनिधी छनौटको निर्वाचन क्षेत्र भुगोलमा वडालाई र समावेशी प्रतिनिधीको लागि पालिकालाई बनाइएको पार्टी सचिव बुढाथोकीले बताए । उनका अनुसार खुला तर्फ २० जना संगठित सदस्य बराबर एक जना र दलित तर्फ १५ जना सदस्य बराबर एक जना सदस्य छनौट भएर आउनेछन् । जसमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

अधिवेशन सफलता पूर्वक सम्पन्न गर्नका लागि बैठकले विभिन्न उपसमितीहरु पनि गठन गरेको छ । जिल्ला अध्यक्ष गोविन्द पुनको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष भिम बहादुर सेनको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उपसमिति गठन गरिएको छ । यस्तै जिल्ला सचिव ओज बहादुर बुढाथोकीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उप सचिव दान बहादुर केसीको संयोजकत्वमा आर्थिक तथा आवास व्यवस्थापन उपसमिति र अर्का उपसचिव पुस्पा वोहराको संयोजकत्वमा अतिथी सत्कार उपसमिति गठन गरिएको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठले अधिवेशन पश्चात पार्टी थप बलियो भएर जाने विश्वास व्यक्त गरे । उनले पार्टीलाई बलियोे राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि पार्टीको सङ्गठनात्मक जीवनलाई एकताबद्ध, सुव्यवस्थित र गतिशील बनाउनुपर्नेमा जोड दिए । यस्तै एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जिल्ला पार्टीलाई एकताबद्ध तरिकाले व्यवस्थीत रुपमा अघी बढाउन सहमतिको इमान्दार प्रयास गर्नुपर्ने बताए । जनताको बहुदलीय जनवादसंग सही दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति, संगठनको आधार रहेका भन्दै उनले नेपालको राजनीतिमा एमालेको विकल्प नरहेको दाबी गरे ।

बैठकमा पालिका कमिटीका अध्यक्षहरुले हाल सम्मको अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए । नेकपा एमालेको विधानमाको धारा ३६ मा भएको व्यवस्था बमोजिम जिल्ला अधिवेशनले अध्यक्ष– १, उपाध्यक्ष– १, सचिव– १, उपसचिव २ जना चयन गर्नेछ । पदाधिकारीमा एक महिला अनिवार्य गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending