भक्तपुर । सन्त निरङ्कारी मण्डल नेपालको आयोजनामा भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु २३औँ निरङ्कारी सन्त समागममा भारतीयहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
पहिले मानव बन, एकलाई जान, एकलाई मान र एक होऔँ भन्ने मूल नाराका साथ विश्व भाइचारा एवं शान्ति स्थापनाको उद्देश्यले यसवर्ष नेपालमा आयोजित समागममा भारतीयसहित विभिन्न देशबाट आएका अनुयायीको भीड लागको सन्त निरङकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।
शनिबार बिहानदेखि सुरु उक्त कार्यक्रममा सतगुरु माता सुदीक्षाजी महाराजले शान्ति ज्ञान प्रवचन दिनुहुनेछ । शनिबार नेपाली, नेवारी, हिन्दीलगायत विभिन्न भाषामा विभिन्न व्यक्तित्वबाट प्रवचन दिइएको र आज पनि प्रवचन एवं प्रदर्शनी जारी रहेको उनले बताए ।
आज पनि बिहानैदेखि विभिन्न कार्यक्रम सुरु भएको र दिउँसो १ बजेदेखि साँझसम्म सुदीक्षाजी महाराजको प्रवचन हुनेछ । सन्त निरङकारी मण्डल भारत दिल्लीका विदेश विभाग इन्चार्ज विनोद बोहराले यहाँ जारी समागमले विश्वमा शान्ति कायम गर्न र सबैमा भाइचाराको सम्बन्ध गास्दै विश्व शान्तिको सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गरे । उनले यो मिसन कुनै धर्म प्रचार नभएको बताए। कार्यक्रममा हिन्दू, मुस्लिम, ईशाईलगायत सबै धर्म, विचार, जातिको सहभागिता रहेको उनको भनाइ छ ।
कार्यक्रममा मण्डलका क्षेत्रीय इन्चार्ज एवं काठमाडौंँ प्रमुख बाबुराज महर्जनले समागममा आएका सबैलाई नि:शुल्क खाना, पानी, बस्ने, सुत्ने, शौचालय, स्वास्थ्य शिविरको व्यवस्था गरिएको बताए। उनले भारतबाट आएका करिब एक हजार एक सय सुरक्षा स्वयंसेवक र नेपालका सात सय महिला र पाँच सय पुरुष गरी एक हजार दुई सय सुरक्षा स्वयंसेवकमार्फत कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था मिलाइएको बताए । नेपालमा रहेका ४५ हजार अनुयायीमध्ये २० हजारभन्दा बढी समागममा सहभागी भएको उनको भनाइ छ ।
मण्डलका मिडिया विभाग संयोजक प्रिमल सिंहले विश्वबन्धुत्व लागि नेपालमा दुईदिने प्रवचनसहितको विश्व अभियान सञ्चालन भएको बताए। उनले अभियान स्वेच्छिक अनुदानबाट सञ्चालित भइरहेको बताए ।
उनले नेपालमा सन् २०२० मा अछामबाट सुरु भएको सन्त निरंकारी अभियानमा काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरी ३९ जिल्लामा एक सय २५ वटा भवन स्थापना गर्दै सत्सङ सञ्चालन भइरहेको बताए । उनले यस अभियानबाट १२ लाख १६ हजार दुई सय १७ युनिट रगत सङ्कलन गरेको बताए ।
अन्र्तमनको सुकुन एवं शान्तिको दिव्य सन्देशलाई विश्वभर फैलाउने उद्देश्यले सन् १९२९ मा भारतको पेशावरबाट बाबा बुटा सिंहले सुरु गरेको यो अभियान सन् १९४३ मा बाबा अवतार सिंहले, सन् २०६२ मा बाबा गुरबचन सिंहले सन् १९८० बाट बाबा हरदेव सिंहले, सन् २०१६ बाट माता सविन्दर हरदेवले र सन् २०१८ बाट सत्गुरु माता सुदीक्षाजीले यो मिसन सञ्चालन गर्दै आएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: