Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नेपालद्वारा युएई पराजित

\"acc\"काठमाडौं । एसिसी उन्नाइस वर्ष मुनिको प्रमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज संयुक्त अरव इमिरेट्स ९युएई०लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई १४९ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै नेपालले दुई अङ्क जोडेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युएईसामु दुई सय रनको चुनौती प्रस्तुत गरेको थियो । नेपाल ४९ दशमलव ४ ओभरमा १९९ रन जोड्दै अलआउट भएको थियो । दुई सय रनको विजय लक्ष्य पाएको युएई २० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै  ५० रनमा समेटियो । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सौरभ कँडेल एक्लैले चार विकेट लिए भने सुनिल धमलाले ३ तथा प्रेम तामाङले २ विकेट लिए । त्यस्तै नेपालतर्फको ब्याटिङमा राजु रिजालले सर्वाधिक ५० रनको योगदान दिए । नेपालले छैटौँ ओभरमा ३२ रन जोड्दा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमायो । सन्दिप सुनार पनि १०औँ ओभरमा १८ रन जोडेर पेभेलियन फर्के । त्यस्तै, ३२ ओभरमा टिमको स्कोर ११३ रन हँुदा नेपालले पाँच विकेट गुमाएको थियो । युएईका लागि भने कप्तान वारुना परेराले सर्वाधिक ३२ रनको योगदान दिए भने अर्का ओपनर जफिर जफादिनले १२ रन जोडे । त्यस्तै, नेपालको ब्याटिङमा युएईका जाफरी जफरदिनले तीन विकेट लिएका थिए । इसान अली खान र अब्दुल्लाह आसिफले समान दुई दुई विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल भोलि शनिबार अफगानिस्तानसँग खेल्नेछ । नेपालसहित आयोजक मलेसिया, युएई, कुवेत र साउदी अरबले भाग लिएको सो प्रतियोगितामा शीर्ष तीनभित्र रहने टोली यु–१९ एसिया कपमा छनोट हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending