Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

देशका विभिन्न स्थानमा आगलागी, भोजपुरमा तीन बालबालिकाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी भएको छ । आगलागिबाट भोजपुरमा मानवीय क्षती भएको छ भने अत्य स्थानमा घरगोठ जलेका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ । साँझ साढे ५ बजेतिर खोल्मामा लागेको आगोबाट धनबहादुर कार्कीका २ नाती र एक नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

आगोमा जलेर केदार कार्कीको छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीकी ५ वर्षीया छोरी दीपशिखा साथै अढाई वर्षीय छोरा द्युनिश कार्कीको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य सजना परियारले जानकारी दिइन् । आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको टोखा नगरपालिका–७ ढुङगेधारास्थित कपडाको गार्मेन्टमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा तयारी कपडा र मेसिन जलेर करिब २ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ  ।

उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक जंगलमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ६ जनाको घर तथा घरमा रहेको विभिन्न सरसामान जलेर करिब ४५ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै महोत्तरीको लोहारपट्टी नगरपालिका–७ बस्ने ३२ वर्षीय अनिल शर्माको अनिल जेनरल स्टोर्समा शुक्रबार दिउँसो आगलागी हुँदा किराना सामान, चप्पल लगायतको सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी महोत्तरीकै जलेश्वर नगरपालिका–६ सुर्याही बस्ने ७० वर्षीय सितासरण यादवको गोठमा शनिबार बिहान आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै सुर्खेतको चौकुने गाउँपालिका–१ कालागाउँ बस्ने आईते दमाईको कच्ची घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका–४ स्थित चौतारी सामुदायिक वनमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हेम बहादुर लिम्बुको घर र गोठ पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी तेह्रथुमकै छथर गाउँपालिका–५ अधेरी खोलास्थित भोर्लेनी सामुदायीक वनमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने एकराज थापाको घर र कटेरो पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी मोरङको केराबारी गाउँपालिका–८ कलप टोल बस्ने मिलन कट्वालको घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरीको राजबिराज नगरपालिका-८ रुपनीमोडस्थित रूपनी गाउँपालिका–५ बासबिट्टी बस्ने ४५ वर्षीय रोहित कुमार साहको कृष्णा टेलर्समा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा सिलाई मेसिन १९ थान, दराज १० थान, कपडा, टेवल कुर्सी गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ताप्लेजुङकै पाथिभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेस्थित चाक्सिबोटे सल्लेरी सामुदायिक वनमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने मंगल सिंह साम्सोहाङ र चन्द्र बहादुर साम्सोहाङको घर र गोठमा समेत आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending