Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

देशका विभिन्न स्थानमा आगलागी, भोजपुरमा तीन बालबालिकाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी भएको छ । आगलागिबाट भोजपुरमा मानवीय क्षती भएको छ भने अत्य स्थानमा घरगोठ जलेका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ । साँझ साढे ५ बजेतिर खोल्मामा लागेको आगोबाट धनबहादुर कार्कीका २ नाती र एक नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

आगोमा जलेर केदार कार्कीको छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीकी ५ वर्षीया छोरी दीपशिखा साथै अढाई वर्षीय छोरा द्युनिश कार्कीको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य सजना परियारले जानकारी दिइन् । आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको टोखा नगरपालिका–७ ढुङगेधारास्थित कपडाको गार्मेन्टमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा तयारी कपडा र मेसिन जलेर करिब २ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ  ।

उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक जंगलमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ६ जनाको घर तथा घरमा रहेको विभिन्न सरसामान जलेर करिब ४५ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै महोत्तरीको लोहारपट्टी नगरपालिका–७ बस्ने ३२ वर्षीय अनिल शर्माको अनिल जेनरल स्टोर्समा शुक्रबार दिउँसो आगलागी हुँदा किराना सामान, चप्पल लगायतको सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी महोत्तरीकै जलेश्वर नगरपालिका–६ सुर्याही बस्ने ७० वर्षीय सितासरण यादवको गोठमा शनिबार बिहान आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै सुर्खेतको चौकुने गाउँपालिका–१ कालागाउँ बस्ने आईते दमाईको कच्ची घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका–४ स्थित चौतारी सामुदायिक वनमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हेम बहादुर लिम्बुको घर र गोठ पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी तेह्रथुमकै छथर गाउँपालिका–५ अधेरी खोलास्थित भोर्लेनी सामुदायीक वनमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने एकराज थापाको घर र कटेरो पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी मोरङको केराबारी गाउँपालिका–८ कलप टोल बस्ने मिलन कट्वालको घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरीको राजबिराज नगरपालिका-८ रुपनीमोडस्थित रूपनी गाउँपालिका–५ बासबिट्टी बस्ने ४५ वर्षीय रोहित कुमार साहको कृष्णा टेलर्समा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा सिलाई मेसिन १९ थान, दराज १० थान, कपडा, टेवल कुर्सी गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ताप्लेजुङकै पाथिभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेस्थित चाक्सिबोटे सल्लेरी सामुदायिक वनमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने मंगल सिंह साम्सोहाङ र चन्द्र बहादुर साम्सोहाङको घर र गोठमा समेत आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरियो, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घ...

नाङ्गा डाँडाबाट हरियो वनसम्म : अब सामुदायिक वनलाई समृद्धिको पुँजी बनाउने बेला

काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो...

प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending