Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

दुबई पठाईदिने भनि बेचबिखन गर्ने व्यक्ति पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । दुबईको पार्लरमा आकर्षक तलव हुने काममा पठाईदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाल रहेका छन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–५ बाट शुक्रबार  पक्राउ गरेको हो ।  कटुवालले नेपालमा व्युटिपार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलव र सुविधा हुने दुबईको पार्लरमा काममा लगाईदिने प्रलोभन दिएको, भिषा टिकट लगायतको प्रकृयाहरू गर्नका लागि १ लाख ५० हजार रूपैयाँ लिएको, दुबई पठाईदिने भनि झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुन्धानको क्रममा खुल्न आएको छ । 

साथै कुवेतमा पुगे पश्चात एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोवाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरियो, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घ...

नाङ्गा डाँडाबाट हरियो वनसम्म : अब सामुदायिक वनलाई समृद्धिको पुँजी बनाउने बेला

काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो...

प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending