Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

गृहमन्त्री लामीछानेका नजिकका जिबी राई कतिञ्जेल लुकेर बस्नु ?

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय नेपालमा अपराध गरेर अपराधी विदेशिने चलन अचम्मको छ । अपराधीहरु विदेशिएपछि प्रहरीले पाउने दुःख झन अचम्मका छन् । 

बाल यौन दुराचारको मुद्दा खेपेर अमेरिका पुगेका क्रिकेटर सन्दिप लामिछानेलाई उपस्थित गराउन प्रहरीले अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्‍यो  ।  उनी क्रिकेट खेलाडी, अर्थात पब्लिक फिगर भएका कारण सहजै चिनिने भए । त्यसमाथि यौन दुराचारजस्ता मामिलामा पश्चिमा मुलुक अलिक कडै ढंगले प्रस्तुत हुन्छन् । त्यसैले अमेरिकी प्रहरीको सहयोगमै समातिएर नेपाल पठाइए । तर, रवि लामिछानेसँगको मिलेमतोमा अर्बौंको सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राई अहिलेसम्म फेला परेका छैनन् । उनका विरुद्ध प्रहरीले रेडकर्नर नोटिश जारी गरिसकेको छ ।

उनी मलेसियामा छन् भन्ने सूचनाका आधारमा पत्राचार पनि भएको छ । तर, मान्छे फेला परेका छैनन् । अब उनले विमानस्थल वा अन्यत्र आफ्ना पहिचान खुल्ने कागजात प्रयोग गरे भने समातिन्छन् । कोठैमा लुकिरहे केही समय बच्न सक्लान् तर कति समय लुकेर बस्छन् त राई ? 

एशियाली मुलुक र युरोपेली मुलुकबाट अपराधी ल्याउने कुरा फरक हुन्छ । जस्तो कि, गायिका कोमल वलीलाई विभिन्न किसिमका चारित्रिक लाञ्छना लगाउने मान्छे लण्डनमा देखिँदा पक्राउ गर्न सकिएन । किनभने, उताबाट सुपुर्दगी सन्धि खोजियो । पश्चिमाहरु मानवअधिकारका मामिलामा कडा भएका कारण सबै विधि खोज्छन् । एशियाली देशमा जापानबाट मान्छे ल्याउन गाह्रो हो ।

त्यहाँ पनि मानवअधिकारलाई प्राथमिकता दिइएका कारण सुपुर्दगी सन्धिबिना मानिस पक्राउ गरेर अर्को देशमा पठाउने व्यवस्था छैन । तर, अन्य एशियाली मुलुकका हकमा जुन देशसँग नेपालको राम्रो सम्बन्ध छ, त्यहाँबाट सजिलोसँग अपराधी ल्याउन सकिने अनुभव छ । सुपुर्दगी सन्धिअनुसार मानिस ल्याउनुपर्ने भयो भने सम्बन्धित देशको आन्तरिक मामिला मन्त्रालयलाई पत्राचार गर्नुपर्छ, त्यसले कानुन मन्त्रालय र आफ्नो देशको अदालतमा पठाएर न्यायाधीशबाट निर्णय भएपछि मात्रै कार्यान्वयन हुन्छ ।

सिभिल बैंक ठगीमा अमेरिका पुगेका पवन कार्की त्यहीँको नागरिक भइसकेका कारण पक्राउ पर्न सकेका छैनन् । मलेसियाले भने राहदानीको वैधानिकताका आधारमा मान्छे उपस्थित गराइदिनसक्छ । राहदानी रद्ध गरिदिए मान्छे ल्याउन सजिलो हुन्छ । राहदानी रद्ध गरेको कुरा सिष्टममा हालिहाल्नुपर्छ र डिएक्टिभेट भएपछि यात्रा गर्न सक्दैन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल...

रोल्पामा पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...

युवा विदेश पलायन हुँँदा जमिन बाँझै, दैलेखमा ८ हजार हेक्टर खेतीयोग्य भूमी जंगल बन्दै

दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतब...

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।   “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...

काश्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

काठमाडौं ।  श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काठमाडौं ।  अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies