Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

गृहमन्त्री लामीछानेका नजिकका जिबी राई कतिञ्जेल लुकेर बस्नु ?

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय नेपालमा अपराध गरेर अपराधी विदेशिने चलन अचम्मको छ । अपराधीहरु विदेशिएपछि प्रहरीले पाउने दुःख झन अचम्मका छन् । 

बाल यौन दुराचारको मुद्दा खेपेर अमेरिका पुगेका क्रिकेटर सन्दिप लामिछानेलाई उपस्थित गराउन प्रहरीले अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्‍यो  ।  उनी क्रिकेट खेलाडी, अर्थात पब्लिक फिगर भएका कारण सहजै चिनिने भए । त्यसमाथि यौन दुराचारजस्ता मामिलामा पश्चिमा मुलुक अलिक कडै ढंगले प्रस्तुत हुन्छन् । त्यसैले अमेरिकी प्रहरीको सहयोगमै समातिएर नेपाल पठाइए । तर, रवि लामिछानेसँगको मिलेमतोमा अर्बौंको सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राई अहिलेसम्म फेला परेका छैनन् । उनका विरुद्ध प्रहरीले रेडकर्नर नोटिश जारी गरिसकेको छ ।

उनी मलेसियामा छन् भन्ने सूचनाका आधारमा पत्राचार पनि भएको छ । तर, मान्छे फेला परेका छैनन् । अब उनले विमानस्थल वा अन्यत्र आफ्ना पहिचान खुल्ने कागजात प्रयोग गरे भने समातिन्छन् । कोठैमा लुकिरहे केही समय बच्न सक्लान् तर कति समय लुकेर बस्छन् त राई ? 

एशियाली मुलुक र युरोपेली मुलुकबाट अपराधी ल्याउने कुरा फरक हुन्छ । जस्तो कि, गायिका कोमल वलीलाई विभिन्न किसिमका चारित्रिक लाञ्छना लगाउने मान्छे लण्डनमा देखिँदा पक्राउ गर्न सकिएन । किनभने, उताबाट सुपुर्दगी सन्धि खोजियो । पश्चिमाहरु मानवअधिकारका मामिलामा कडा भएका कारण सबै विधि खोज्छन् । एशियाली देशमा जापानबाट मान्छे ल्याउन गाह्रो हो ।

त्यहाँ पनि मानवअधिकारलाई प्राथमिकता दिइएका कारण सुपुर्दगी सन्धिबिना मानिस पक्राउ गरेर अर्को देशमा पठाउने व्यवस्था छैन । तर, अन्य एशियाली मुलुकका हकमा जुन देशसँग नेपालको राम्रो सम्बन्ध छ, त्यहाँबाट सजिलोसँग अपराधी ल्याउन सकिने अनुभव छ । सुपुर्दगी सन्धिअनुसार मानिस ल्याउनुपर्ने भयो भने सम्बन्धित देशको आन्तरिक मामिला मन्त्रालयलाई पत्राचार गर्नुपर्छ, त्यसले कानुन मन्त्रालय र आफ्नो देशको अदालतमा पठाएर न्यायाधीशबाट निर्णय भएपछि मात्रै कार्यान्वयन हुन्छ ।

सिभिल बैंक ठगीमा अमेरिका पुगेका पवन कार्की त्यहीँको नागरिक भइसकेका कारण पक्राउ पर्न सकेका छैनन् । मलेसियाले भने राहदानीको वैधानिकताका आधारमा मान्छे उपस्थित गराइदिनसक्छ । राहदानी रद्ध गरिदिए मान्छे ल्याउन सजिलो हुन्छ । राहदानी रद्ध गरेको कुरा सिष्टममा हालिहाल्नुपर्छ र डिएक्टिभेट भएपछि यात्रा गर्न सक्दैन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाङ्गा डाँडाबाट हरियो वनसम्म : अब सामुदायिक वनलाई समृद्धिको पुँजी बनाउने बेला

काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो...

प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending